• यो वर्षपनि रासायनिक मलको आभाव नहुने

    Friday, July 12th, 2024|

    काठमाडौँ २८ असार मेधश प्रदेशमा यसवर्ष रासायनिक मलको अभाव नहुने भएको छ । रासायनिक मल वितरण गर्दै आएका साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले कम्पनीसंग यथेष्ट मल मौज्दात रहेका जनाउँदै मलको अभाव नहुने दाबी गरेका हुन् । रासायनिक मल कृषि सामग्री कम्पनी लिमिटेडले ७० प्रतिशत र साल्ट टे«डिङले ३०

  • कफि खेती गर्ने किसानलाई प्रति केजी ३५ रुपैँया अनुदान

    Monday, July 1st, 2024|

      काभ्रे १७ असार काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफीखेती गर्ने किसानलाई प्राथमिकतामा राख्दै प्रति केजी ३५ रुपैँया अनुदान दिने भएको छ । गाउँपालिकाले दीगो आयस्रोतका रुपमा कफीखेती छनोट गरी चालु आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रमलाई निरन्तरता दिँदै आएको हो । कार्यक्रमअन्तर्गत कृषक समूह र कृषि सहकारी गरी १९ वटा संस्थामा आबद्ध

  • खडेरीको कारण जुम्लामा बाली सुक्न थाल्यो

    Friday, June 21st, 2024|

      जुम्ला ७ असार खडेरीका कारण खेतबारीमै बाली सुक्न थालेपछि किसान चिन्तामा परेका छन्। किसानका लागि यो याम कोदोदेखि अन्य बाली लगाउने समय हो। तर समयमै वर्षा नहुँदा अहिलेसम्म खेतबारीमा कोदो लगाउन नसकिएको तिला गाउँपालिका–१ का स्थानीय किशोर रावतले बताए। ‘ पानी परेको छैन, खेतबारी सुक्खा छन्। सिँचाइको कुनै सुविधा छैन। यसपाली असार लागे पनि

  • कुलेखानीमा नौ लाख माछाको भुरा छोडियो

    Wednesday, June 19th, 2024|

      मकवानपुर ५ असार मकवानपुरको इन्द्र सरोवरमा रहेको कुलेखानी जलाशयमा पाँच जातका नौ लाख २५ हजार माछाका भुरा छोडिएका छन् । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडा र मत्स्य विकास केन्द्र कुलेखानीको आयोजनामा इन्द्रसरोवर रिजरभ्वायरको जलिय जैविक विविधता संरक्षणका लागि नौ लाख २५ हजार माछाको भुरा छाडिएका हुन् । स्रोत ः

  • पर्वतमा जेठोबुढो धानको बिउ उत्पादन शुरु

    Sunday, June 9th, 2024|

    पर्वत २७ जेठ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाग्लुङ् एकाइ पर्वतले जिल्लाका पाँच स्थानमा जेठोबुढो धानको बीउ उत्पादन सुरु गरेको छ । एकाइले धान उत्पादनको पकेट क्षेत्रका रुपमा रहेका कुश्मा नगरपालिका–१ पाङ, वडा नं २ खुर्कोट, वडा नं ११ पकुवा, फलेवास नगरपालिका–६ देवीस्थान र बिहादी गाउँपालिका–२ बर्राचौरमा जेठोबुढो जातको उन्नत बीउ उत्पादन गर्न सुरु

लेख / रचना

सबै हेर्नुहोस

चिया निर्यातबाट बार्षिक ३ करोड विदेशी मुद्रा आर्जन

  झापा २४ माघ चिया निर्यातबाट नेपालमा बर्सेनि रु। तीन करोड ८० लाख विदेशी मुद्रा आर्जन भइरहेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार मुलुकमा वार्षिक दुई करोड ८० लाख केजी तयारी चिया उत्पादन हुँदै आएको छ । सो मध्ये शून्य दशमलव ५० प्रतिशत चिया आन्तरिक बजारमा खपत हुने गरेको बोर्डका प्रमुख इन्द्रप्रसाद […]

सहकारी बोर्डको गौशालामा रहेका ३ सय गाईको बिजोग !

  महोत्तरी १९ जेठ   महोत्तरीको गौशालामा रहेका ३ सय गाईले राम्रो स्याहार नपाउँदा विजोग भएको छ । उचित सम्भार, खानपान र उपचारको अभावमा गौशाला नवराजपुरस्थित निगौल गौशालाका गाई भकाभक मर्नथालेका छन् । राष्ट्रिय सहकारी विकास बोर्डको अभिभावकत्वमा रहेको गौशालाका गाईलाई उचित रेखदेख, पौष्टिक आहार र उपचारको अभाव छ । “न गाईलाई समुचित आहार छ, […]

अनुदानको नाटक र नेपाली कृषि

  यस आलेखमा मैले आँफैलाई प्रतिनिधी पात्र बनाएको छु । नेपालमा सबैले भन्ने गरे जस्तै म पनि एक समान्य किसान परिवारकी छोरी, मेरो बुवा अहिले पनि खेती किसानी नै गर्नुहुन्छ , म लगायत मेरा दुई दाजुलाई बुबाले खेती गरेर आएको आम्दानी मार्फत शिक्षा दिक्षा दिनुभयो । मैले पत्रकारिता विषयमा स्नातकोत्तर सम्म गरेँ । विगत १० […]