९० प्रतिशत भारतबाट आयात हुदै आएको कागतीको खेती कसरी गर्ने ?
आजभोलि विदेशमा प्रचलनमा रहेको वा नेपालमा त्यति बजार नबनिसकेको फलफूलको व्यावसायिक खेतीको प्रचार प्रसार धेरै देखिन्छ तथा सुनिन्छ , तर नेपालमा नै धेरै बजार भएको स्याउ, सुन्तला, कागती जस्ता फलफूलको व्यावसायिक उत्पादन गर्ने विशेष कामलाई भने त्यति प्राथमिता दिएको पाइदैन । जस्तो कि कागतीको नै उदाहरण लिने हो भने हरेक नेपालीको भान्सामा दैनिक जस्तो प्रयोगमा आउने र प्रशस्त मात्रमा बजार भएको तथा नेपालको उत्पादन नपुगेर भारतबाट बार्षिक रुपमा ९० प्रतिशत भन्दा धेरै कागती आयात भैरहेको भएपनि यसको व्यावसायिक उत्पादनमा फोकस कार्यक्रमहरु सहि रुपमा आउन सकेको देखिदैन ।
कागतीलाई सुन्तला जात फलफुलको रुपमा चिनीन्छि । नेपालको मध्य पहाडका ५० जिल्ला र तराईका २० जिल्लामा कागती खेती गर्न सकिने भएपनि यहाँको उत्पादनले नपुग्ने भएकाले बार्षिक रुपमा भारतबाट ९० प्रतिशत कागती आयात गर्नुपरेको अवस्था छ ।
लागतको अनुसार आम्दानी लिने सवालमा पनि अन्य खेती भन्दा कागती खेतीबाट ३ देखी ४ गुना राम्रो आम्दानी लिन सकिने कृषि विज्ञहरु बताउँछन् । यो खेती यातायातको सुविधा कम भएको वा नभएको अवस्थामा पनि गर्न सकिने र उत्पादन गरी ढुवानी गर्दा क्षति हुने संभावना पनि ज्यादै कम हुने भएकाले नेपाल जस्तो भौगोलिक परिभेषमा अझ प्रभावकारी हुने देखिन्छ ।
हावा पानि र माटो
नेपालको भोगौलिक दृष्टिकोणले उच्च पहाडी ५ जिल्ला बाहेक ७० जिल्लामा नै यसको व्यवसायिक खेती गर्न सकिने भएपनि यसको गुणस्तरिय उत्पादनका लागि १ सय देखी १२ सय मिटरको हावापानिमा यसको खेती राम्रो फस्टाउँछ । जस्तो कि तराइ, बेसी, खोच र मध्य पहाडमा यो खेती धेरै फस्टाउने गर्दछ ।
तुषारो पर्दा पानि नजम्ने, जाडो महिनामा शुन्य डिग्री सेल्सीयस भन्दा कम नहुने, बार्षिक ८०० देखी १२ सय मिली पानि पर्ने, र तापक्रम १० देखी ३५ डिग्री सेल्सीयसको विचमा रहने स्थानमा व्यावसायिक कागती खेती धेरै राम्रो फस्टाउँछ ।
कागती खेती सिँचाइको कम सुविधा भएको स्थानमा पनि गर्न सकिन्छ । तर यसका लागि जग्गाको मोहडा ( घाम कम वा वेशी लाग्ने हो विचार गर्नुपर्दछ ) सिँचाइ सुविधा छ भने जग्गाको मोहडा दक्षिण – पूर्व फर्किएको हुनुपर्दछ । तर सिँचाईको सुविधा छैन भने उत्तर मोहडाको जग्गा राम्रो हुन्छ ।
व्यावसायिक कागती खेतीका लागि हलुका खालको प्राङ्गारिक दोमट माटो राम्रो हुन्छ तर कम्तिमा २ मिटर गहिराई सम्म ढुङ्गा नभएमा अझ राम्रो मानिन्छ । साथै वर्षायाममा पानि नजम्ने हुनुपर्दछ ।
कागती खेती गर्नु अघि माटो जाँच गरी माटोको पि.एच मान ५.५ देखी ७.५ बनाउँनु पर्दछ ।
खाडल खन्ने कार्य ः
कागती रोप्नका लागि ३ फिट गहिरो, ३ फिट चौडा र ३ फिट मोटाईको खाडल खन्नुपर्दछ । खाल्डो खन्दा माथिल्लो सतहबाट निस्केको र तल्लो सतहबाट निस्केको माटो छुट्टा छुट्टै राख्नुपर्दछ ।
खाडल खनेको ७ देखी १० दिन खाडललाई खुल्ला राखि पुर्ने समयमा माथिल्लो सतहबाट निस्केको माटो पहिला पुर्ने र तल्लो सतहबाट निस्केको माटो दास्रो पटक पर्नुे गर्नुपर्दछ । खाडलमा ३० देखी ४० किलो राम्रो सँग पाकेको कम्पोष्ट मल राखेर जमिनको सतहभन्दा १५ सेन्टिमिटर अग्लो बनाइ माटोले छोप्नुपर्दछ । खाडलको विच स्थानमा पर्ने गरी चिनो लगाएर छोड्नु राम्रो हुन्छ ।
कागतीको विरुवा लगाउँदा स्पष्ट जात खुल्ने कलबी वा विजबाट तयार गरेको, रोगकीराबाट मुक्त भएको १ फिट देखी १.५ फिट सम्मको १ देखी २ वर्षे विरुवा रोप्नु पर्दछ ।
विरुवालाई छापो (मल्चिङ्)
रोपेको विरुवालाई झारपात, पराल, खर, धानको भुस, कागज, प्लाष्टिक आदि बोट विरुवाको बरिपरि माटोलाई छेक्ने गरी राख्ने काम मल्चिङ् हो । विरुवा रोपेको फेदबाट ३ देखी ४ अमल बाहिर बिरुवाको चारैतिर छापो लगाउँदा, विरुवामा सिँचाइ गर्दा ५० प्रतिशत पानिको माग पुरा गर्न सजिलो हुन्छ । विरुवाको वरिपरि झारपात कम उम्रन्छ, माटोमा चिस्यानको मात्रा बचायर राख्छ, माटोमा प्राङ्गारिक पदार्थ बचाउँछ ,माटोमा खाद्य तत्वको मात्रा बढाउनुको साथै माटोलाई हलुका र मलिलो बनाउने गर्दछ ।
कागतीका केहि जातहरु ः
तेह्रथुम स्थानिय
तेह्रथुम जिल्लाको फाम्चामारा गाविसका कृषकहरुको बगैचाबाट छनौट गरिएको जात
८०० देखी १४ सय मिटरको उचाइ सम्म खेती गर्न सकिने साथै कागतीको फलको आकार गोलो हुने र बोक्रा नरम, पातलो हुने गर्दछ ।
फलको तौल ४० देखी ५० ग्रामको हुन्छ । यस जातको विरुवा २.५ देखी ३ मिटर सम्मको उचाईको हुन्छ भने कलमी गरेको विरुवा ३ देखी ४ वर्षमा नै फल्न थाल्दछ ।
एन सि आरपि ५५ , एन सि आर पि ४९ र एन सि आर पि ५३
तराई, भित्री मधेश, बेशी, खोच र तटीय क्षेत्रको लागि सिफारिस गरेको जात हो ।
मौसमी र बेमौसमी फुल लाग्ने हुँदा असार देखी भादं्र सम्म मुख्य बाली हुने तर वर्षे भरी केहि फल दिइरहने हुन्छ ।
फलको आकार गोलो, पातलो बोक्रा भएको चिल्लो फल पाके पछि पहेलो रसिलो बास्नादार हुन्छ । साथै फलको तौल ४५ देखी ५० ग्राम सम्मको हुन्छ ।
यस जातको विरुवा २.५ देखी ३ मिटर सम्मको अग्लो हुन्छ भने कलमी गरेको विरुवा ३ देखी ४ वर्षमा फल्न थाल्दछ ।
एन सि आर पि ५३ जातको कागतीको फल भने ९० देखी १ सय ग्राम सम्मको हुन्छ । यो कागतीको रसमा ६.४ देखी ६.५ प्रतिशत सम्म अमिलोपन रहेको हुन्छ ।
कागतीमा लाग्ने मुख्य मुख्य रोग तथा कीरा
किरा ः
१) कत्ले किरा
यो किरा कडा र नरम शरीरको बनावट भएको खैरो प्यनजी र हरियो रंगको हुन्छ । यी किराहरुको रंग बिरुवाहरुको रंगसँग मिल्दोजुल्दो हुने भएकोले किराले बिरुवामा आक्रमण गरिसकेपछि पनि चिन्न सकिँदैन ।
क्ष्तिको प्रकार ः कत्ले किराको बच्चा र बयस्क दुवैले बिरुवाको पात, डाँठ र फलकाट रस चुसेर खान्छ । फलस्वरुप बिरुवा रोगाउँछ र बढ्न सक्दैन । यस प्रकारको कीराको शरीरबाट गुलियो पदार्थ निक्लने भएकोले बिरुवाहरुमा कमिलाको चहलपहल हुन थाल्दट । साथै गुलियो पदार्थमा कालो ढुसी पनि लाग्ने हृँदा बिरुवानै कालो देखीन्छ । यसरी बिरुवा नै कालो भएपटि पात पहेलीएर जाने, फल कम लाग्ने र फल झर्ने साथै फलले मुल्य नपाउने हुन्छ ।
नियन्त्रण विधि ः
कत्ले किराको निवारणको लागी बिरुवामा एट्रसो वा सर्बो एग्रो स्प्रे खनिज तेल १० देखि १५ एम. एल प्रति लिटर पानीा राम्रो सँग मिलाई फुल फुल्नु भन्दा पहिला (माघ÷फागुन) वा भाद्र महिनाको पहिलो हप्तामा पुरै बिरुवा बिज्ने गरी ३ बजे पछि छर्ने । मोनोसील १ एम. एल प्रति लिटर पानीमा राम्रो सँग मिलाई कत्ले किरा देख्न थाले पछि १० देखि १५ दिनको फरकमा दूई पटक छर्ने ।
२) काण्डको गवारो ः
बिरुवाको हाँगाभित्र पहेँलो रंगको गवारो पसेर सुरुङ्ग बनाएर खान्छ । जस्ले गर्दा हाँगाहरु सुक्दै जान्छ । किरा लागेको हाँगाबाट कीराको दिसा र दुलो पार्दा निकालेको काढको धुलोहरु देखिन्छ । यस्तो हाँगालाई काटेर हेरेमा सुरुङ्ग देद्यन सकिन्छ ।
नियन्त्रण विधि
कलीलो हाँगाहरुमा लागेको देखियो भने हाँगालाई काटेर लाभ्राहरु नष्ट गर्नुपर्छ । यदि ठुलो हाँगामा लागेका छ भने गवारोले बनाएको प्वाल पत्ता लगाई त्यसमा सिरिन्जले पेट्रोल वा मट्टितेल वा कीटनाशक विषादी ३÷४ मिलिलिटर प्वाल गिलो माटोले टालीदिनुपर्दछ । कीराले बनाएको प्वालमा लामो तार घुसारेर भित्र भएको गवारोहरु लाई मार्न पनि सकिन्छ ।
पात खन्ने कीरा ः वयस्क पुतली सानो सेतो रंगको अगाडीको पखेटामा खैरो धर्साहरु हुन्छ पछाडीको पखेटा सेतो हुन्छ । लाभ्राहरु सुलुक्क परेको हल्का हरियो रंगको पातमा टल्किने सुरुङ्ग बनाएर भित्र बसेको हुन्छ ।
क्षतीको प्रकार ः लार्भाहरुले कलिलो पातहरुमा टल्किने सुरुङ्ग कनाएर हरियो भाग खादै बाङ्गो टिङ्गो सुरुङ्ग बनाएर बसेको हुन्छ । यो किरा लागे पछि पात खुम्चिने , पहेँलिने, पछि पात नै झर्ने हुन्छ । यस्तो पातहरुमा कमगतीमा बढी लाग्ने कोत्रे ( क्याङकर) रोग लाग्न सजिलो हुन्छ । यो किराले कलिलो पातहरुमा आक्रमण गर्छ ।
नियन्त्रण विधि
एट्रसो वा सर्भो एग्रो स्प्रे एम खनिज तेल १० देखी १५ एम एल प्रतिलिटर पानीमा राम्रमोसँग मिसाई पुरै बिरुवा भिज्ने गरि ३ बजे पछि छर्ने वा रोगर २ मिलि. अथवा थायोढिन २ मिलि प्रति लिटर पानीमा मिसाई पुरै पात भिज्ने गरि छर्ने ।
रोग
फेद र जरा कुहिने तथा खोटो निस्कने रोग
यो रोग ढुसीजन्य जिवाणुबाट लाग्छ । रोगका जिवाणुहरु माटोमा बस्छन् र अनुकुल वातावरण पाउने बित्तिकै जरा ÷ फेदमा आक्रमण गर्दछ । यस रोगलाई विभिन्न् नामबाट चिन्न सकिन्छ जस्तै जरा कुहिने , फेद कुहिने , क्राउन रट , खोटो निस्कीने आदी ।
लक्षणहरु ः
खनजोत गर्दा बिरुवाको फेदका कुनै चोट पटक लाग्यो भने अनुकुल वातावरण पाउने बित्तिकै जरा ÷ फेदमा आक्रमण गर्दछ । बोक्राहरु सुक्ने÷ फुट्ने गुद जस्तो चोपहरु निस्केको देखिन्छ । बिरुवाको जरा ÷ फेदमा मात्र नभएर हाँगा÷ फमा पनि आक्रमण गर्छ । फेद र जरा कुहिन लागे पछि पातहरुमा खाद्य तत्वको कमी जस्तो लक्षण देखाउँछ। पातहरुको नसा पहेँलो ÷ पानीले भिजेजस्तो देखिन्छ र तल्लो पातहरु झर्ने गर्छ । रोगी बोटमा धेरै फलफुल फुल्ने गर्छ र पाक्नु भन्दा पहिला नै झर्ने गर्छ । यसले मसिनो जराहरुमा आधmमण गर्दै मुख्य जरामा आक्रमण गरे पछि बिरुवा नै मरेर जाने हुन्छ । क्यांकर रोग कागतीमा लाग्ने मुख्य रोग हो ।
क्याङकर रोगको जीवाणु
कागतीमा लाग्न्े क्याकंर रोगको जीवाणु ह्बलतजयmयलबक अष्तचष् नामको ब्याक्टेरिया हो । यस ब्याक्टेरियाको विशेषता के छ भने उच्चतापक्रम र उच्च हावाको आद्रता भएको अवस्था खर्थात मनसुनको बेला क्याङकर रोगी ग्रसित बोटको खत अर्थात क्याङकरबाट क्याक्टेरिया स्पोर हरु हावामा अथवा पानीको छिटामा मिसिन्छ र हावा वा पानीको थोपा सँगसँगै निरोगी बोट वा पात हाँगा र फमा समेत पुग्दछ ।
लक्षण ः
लक्षण भनेको जीवाणु भित्र पसेको टाउँमा पात फल वा कलिला हाँगा भएको खत देखा पर्नु हो । यी खतहरु यत्रतत्र छुट्टाछुट्टै र धेरै खतहरु भएमा एक आपसमा जोडिन पनि सक्छ । खतहरु छिप्पिदैँ गए पछि यी खतहरु खैरो रंगको हुन्छ । खतको बिच भाग केही उटेको हुन्छ र कडा कन्छ र खतको बिच भाग चिरीन पनि सक्छ । यस्ता खतहरु पातको दुबै साईडमा देखिन्छ । कागती बिरुवाको पात , हाँगा र फलहरुमा खतहरुले भरिएको हुन्छ । जब खतहरु फुट्दछ तब हावा सँग वा खास गरेर वर्षामा पर्ने पानीको स साना थोपा वा छिटा सँग मिसिएर सोही बोटको नीरोगी पात , हाँगा र फमा सर्दछ । यो रोग सर्ने प्रकृया वर्षायाममा तिब्र हुन्छ किनकि उच्च तापब्रम र सापेक्षि आर्दता बढी हुने अवस्थामा यो रोगको जीवाणु बढ्ने र फैलनको लागि अनुकुल वातावरण मानिन्छ । खतमा रहेका व्याक्टेरिया हिउँदको बेलामा ५– ६ महिनासम्म नमरेर काँची रहन्छ । तापक्रम बढ्न थालेपछि बृद्धि हुन सुरु हुन्छ र वर्षायाममा अत्याधिक वृद्धि भै स्वस्थ पात , हाँगा र बिरुवामा फैलिन्छ । कागतीमो बगैँचामा क्याङकरको महामारीको रुपमा फैलियो भने पात झर्ने स साना हाँगा नाङ्गै हुने र फलको उत्पादनमा ह«ास आउनेमात्र नभै फलेको फलमा समेत खतहरु देखा र्पो भएकाले गुणस्तर घट्न गई सस्तोमा बेच्नु पर्ने हुन्छ ।
नियन्त्रण तथा व्यवस्थापन
क्याङकर रोग खतमा पणित भैसके पछि उतचार गरेर खत बिहिन बनाउन सकिँदैन । उस कारण यस रोगको व्यवस्थापनको लागि उपाय अपनायनु पर्दछ । रोकथामका उपाय अपनायँदा रोगका जीवाणुका श्रोत र फैलिने समय र तरिकालाई ध्यान दिनु अत्यन्त आवश्यक हुन्छ ।
१. क्याङकर रहित बेर्ना मात्र नयाँ ठाउँमा बगैँचा स्थापना गर्दा रोप्ने । बिरुवाको उत्पादन क्षेत्र क्याङकर प्रकोप रहित रहेनछ भने , समय समयमा विषादी छरी रोगको एउटा पनि खत नभएको बिरुवा मात्र लैजाने ।
२. व्याक्टेरिसाइढ विषादी समयमा नै प्रयोग गरी रोगको नियँत्रण गर्ने ।
३. हिउँदमा रोग लागेर सुकेका हाँगाहरु काँटछाँट गरी बगैँचा सफा सुग्घर राख्नु पर्दछ ।
त्यसैले समयमा नै बजार बुझेर आफ्नो बाँझिएर बसेको बाँझो जमिनलाई सदुपयोग गनुहोस् र सहि अर्थमा व्यवासायिक कृषि उत्पादनमा लाग्नुहोस्
थप जानकारीका लागि
राष्ट्रिय फलफूल विकास केन्द्र
किर्तिपुर, सम्पर्क ः ०१–४३३१९१९
www.fold.gov.np