मत्य दिवसको अवसरमा फेवातालमा १२ हजार माछाभुरा छोडियो

Wednesday, November 22nd, 2023 |

 

पोखरा, ६ मंसिर ।

‘विश्व मत्य दिवसको अवसरमा जलिय जैविक विविधताको संरक्षण गरी समुदायको रोजगारी सुनिश्चित गरौ’ भन्ने मुल नारा दिएर नेपालमा पनि हिजो विश्व मत्स्य दिवस–२०८० मनाइएको छ । मत्स्य विकास केन्द्र, मिर्मी स्याङ्जाले सो अवसरमा पोखरास्थित पामे, फेवातालमा १२ हजार माछाका भुरा छाडेर विश्व मत्स्य दिवस मनाएको छ । माछाका भुराहरु रहु, नैनी जातका थिए ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पोखराका महानिर्देशक डा। वालकुमार श्रेष्ठको अध्यक्षता तथा प्रमुख अतिथिमा कृषि तथा भूमि व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशका प्रदेश सचिव डा। सहदेव प्रसाद हुमागाईं रहेका थिए ।

विश्व मत्स्य दिवसको सन्दर्भ
सन् १९९७ मा भारतको नयाँ दिल्लीमा १८ देशका प्राविधिकहरूको बैठक मार्फत प्राकृतिक जलाशय र यस्ता जलाशयको माछा तथा जलचर संरक्षण गर्ने उद्देश्यका साथ एक मत्स्य फोरमको स्थापना भयो । नोभेम्बर २१ लाई विश्व मत्स्य दिवस मनाउने निर्णय भएसँगै नेपालमा पनि यसको प्रचलन सुरु भयो।
विश्वव्यापि रुपमा वातावरण र जैविक विविधताको संरक्षण गर्दे दिगो रुपमा मत्स्य क्रियाकलापलाई प्राथामिकतामा राखि विश्व मत्स्य दिवस नोभेम्बर २१ मनाउने गरिएको छ।

 

नेपालको मत्स्य क्षेत्रको तथ्यांक

मत्स्य विकास केन्द्र, मिर्मी स्याङ्जाका प्रमुख रविनसन अधिकारीकाअनुसार नेपालको जम्मा पानिको जलस्रोत ८ लाख २९ हजार १७१ हेक्टर रहेको छ । नेपालको तथ्याङ्कमा माछापालनवाट ८७ हजार ३८५ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ । प्राकृतिक जलाशय वाट २१ हजार मे।टन उत्पादन ९करिव २० प्रतिशत० गरि कुल नेपालको माछा उत्पादन १ लाख ८ हजार ३८५ मे। टन माछा उत्पादन हुने गरेको छ । जसमा गण्डकी प्रदेशमा मात्रै माछा उत्पादन २ हजार मे।टन उत्पादन हुने गरेको छ । स्रोत ः हलोखबर

VIEWS: 183