मकै खाए खानुस, नखाए नखानुस !

Monday, December 6th, 2021 |

प्रकाशपौडेल

सिनियर एग्रीकल्चर अफीसर (उपसचिव)
प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजना
सिन्धुपाल्चोक

नेपालको मध्यपहाडी क्षेत्रमा भएको खेतीयोग्य जमिनको करिब ७८ प्रतिशत भाग मकैले ओगटेको छ। यसै तथ्यांकलाइ आधार मानेर विष्लेषण गर्ने हो भने यो बालीले नेपालमा कति महत्वपुर्ण स्थान ओगटेको छ भनेर सहजै आंकलन गर्न सकिन्छ । पर्याप्त तथा पोषणयुक्त खाद्यान्नका अभावले हाम्रो देशका विभिन्न जिल्लाहरुका महिला, बालबालिका र बृद्धबृद्धाहरु कुपोषणको समस्यावाट ग्रसित भईरहेका तथ्यांकहरु पनि हामीसंग छन् । मान्छेलाई आवश्यक पर्ने तर मकैमा नपाईने सुक्ष्मतत्वहरु समेत समावेश गरी प्राकृतिक तरिकाले नै मकैका जातहरु तयार गर्न सकिन्छ। हालतयार भएका क्यू पीएम भनिने (क्वालिटी प्रोटीन मेज) लगायतका जातहरुमा अवशोषित हुने प्रोटिनको मात्रा सामान्य भन्दा दुईगुना वढी हुन्छ। जिंक तथा भिटामिनहरु समेत हाम्रो खानामा उपलव्ध गराउन सक्ने प्राकृतिक वंशाणुहरु मिसाएर ६० भन्दा वढी मकैकाजातहरु तयार गरिसकिएको छ। गाईवस्तुलाई घाँसको रुपमा खुवाउदा दुधउत्पादनमा वृद्धि हुनुका साथै कुखुरा तथा बंगुरलाई खुवाउदा मासुको उत्पादनमा पनिउल्लेखनिय वृद्धि हुने भएकोले यस्तो मकैको प्रयोगबाट किसानहरुले प्रशस्त आर्थिक लाभलिन समेत सक्दछन। एक किलोग्राम कुखुराको मासु उत्पादनगर्नको लागि त्यसको दानामा ६ किलोग्राम सम्म मकैको आवश्यकता पर्दछ।
हरियो मकै स्वादिलो हुन्छ र यो प्राय सबैले रुचाउने गर्दछन। मकै स्टार्च लगायतका शक्तिदायक कार्वोहाइड्रेटहरुले भरिएको हुन्छ, त्यसैले संसारैभरीका धेरै व्यंजनहरूमा व्यापक रूपले विभिन्न स्वादअनुरूप मकैको प्रयोग गरिन्छ। वुद्धोपनिसदमा रजोगुण तथा तमोगुणको “अहं“माथी विजय प्राप्त गर्न वात, पित्त र कफलाई सन्तुलित गर्न चित्त वृत्तिहरूको निरोध गर्न र सम्प्रज्ञात शान्ती हांसिल गर्नको लागि समग्र ध्यानीहरूले “आयु, सत्व, बल, आरोग्य, सुख तथा प्रितीकारक, सरस, स्नीग्ध र स्थीर“ अन्नहरूको राजा मकै ग्रहण गरून भनि लेखिएको छ। आयुर्वेदका अनुसार मकै तृप्तीदायक, वातकारक, कफ तथा पित्तनाशक तथा भोक जगाउने अन्नहो।
मकैले पाचन प्रणालीको सुधार गर्न महत्त्वपूर्ण भूमिका खेली आन्द्रालाई आराम दिन्छ। मकै फाईबरले भरिएको हुन्छ जसलेपाचन समस्याहरू जस्तै कब्जियत लगायतबाट छुटकारा पाउन मद्दत गर्दछ। गहुंमा जस्तो च्यापच्यापलाग्ने कव्जकारक ग्लुटीनजन्य पदार्थ मकैमानहुने भएकोले कव्जियतजन्य कारणले लाग्ने विभिन्न रोगहरुको विरुद्ध मकैको प्रयोग गरिनुपर्ने कुरा विभिन्न अध्ययनका आधार लिएर पोषणविदहरूले वताईरहेका छन्।

मकै फोलेटमा समृद्ध हुन्छ जुन भिटामिन बीको एक प्रकार हो। यसले हाम्रो मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ र विभिन्न हृदय विकारहरू बाट बचाउँछ। गर्भवती तथा शिशुलाइ दुध चुसाउने आमाहरु धेरैजसो फोलिक एसिडको अभावबाट ग्रसितहुने भएकोले त्यस्ता महिलाहरु लाई दैनिक रुपमा मकैको प्रयोग गर्न सुझाइएको छ।
हरियो मकैमा भिटामिन “सी“को एक ठूलो मात्राहुने गर्दछ जसले शरीरमा कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्न मद्धत गर्दछ। क्यारोटेनोइड्स र बायो फ्लाभोनोइड्स जस्ता तत्वले पनि कोलेस्ट्रोललाइ नियमित राख्न र शरीरबाट खराब कोलेस्ट्रोल हटाउन महत्त्वपूर्ण भूमिका खेल्दछन्।
मकैको बारेमा कमैलाइ मात्र ज्ञात तथ्य के हो भने यसमापाईने स्टार्चले अधिक वजन भएका महिलाहरूमा ग्लूकोजको मेटावोलिजम् सुधार गर्दछ र रगतमाचिनिको मात्रालाई नियन्त्रण गरि मधुमेहसंग लड्न सघाउंदछ।
पहेंलो मकै प्रशस्तमात्रामा बीटा क्यारोटीनले भरिएको हुन्छ। जसले भिटामिन ‘ए’ को उत्पादनलाई उत्तेजितगर्दछ, फलस्वरूप मकैको नियमित सेवनगर्नेहरुको आंखा राम्रो हुन्छ।
मस्तिष्कको कार्य सुधारका लागि थायमिन अत्यन्त आवश्यक पोषक तत्वहो र यो स्वादिष्ट मकैको परिकारहरु वाटै प्राप्त हुन्छ। थायामिनले स्मरण शक्तीलाई सुदृढ पार्न मद्दत गर्दछ।
मकैमा भिटामिन ‘ई’ लगायत अन्य एन्टीअक्सीडेन्टहरू प्रशस्तमात्रामा हुन्छन् जसले हाम्रो शरीरमा उत्पादनहुने रोगकारक फ्रि रेडिकल्सबाट मुक्तगर्न महत्त्वपूर्ण भूमिका खेल्दछन्। आफ्नो छाला सुन्दर होओस भन्ने सवैले चाहेकै हुन्छन। दैनिक रुपमा एकदुइ मुठी मकैको आनन्द लिनेहरुलाई आफ्नो छालाको कान्तीप्रति कुनै गुनासो रहंदैन। मकैको प्रयोगले हाम्रो छाला कोमलहुनुका साथै रोग प्रतिरोधीक्षमता बढ्ने, घाउ खटीरा नआउने र बुढ्यौलीका लक्षण छिटो नदेखिने हुन्छ। क्यान्सरजन्य रोगहरुसंग लड्नको लागिपनि मकैको सेवनलाइ सिफारीस गरिएको छ।
काँचो मकैलाई छोडाएर गेडा पानीमा भिजाउने अनिअर्को दिनउक्तपानीलाई छानेर सो पानीमा मिश्री मिलाएर खनाले पिसाबपोल्ने जस्ता समस्याकम हुन्छन् भनिएको छ। मकै उसिनेको पानीखानाले विभिन्न रोगहरु लागेको वेला घटीरहेको रोग प्रतिरोधि क्षमता वढ्ने गर्दछ। यस्तो पानीले रगतमा प्लेटलेट्सको मात्रालाइ उल्लेख्य रुपमा वृद्धि गरिदिन्छ।
मकैको खोईलालाई पानीमाउमालेर छानेको झोल खान सकिन्छ। यसले पाईल्स ठिक हुन सहयोग गर्छ। त्यस्तो झोल खान सकिंदैन भने मुख कुल्लागर्न सकिन्छ, दन्तहर्षा ठिक गर्छ। स्वास गन्हाउंनेहरू लाई पनि मकैका खोइलाको उमालेको झोलले कुल्लागर्न सुझावदिईएको छ। जापानकोरिया तिर चाईनिज औषधीको रूपमा खोईलाको बिक्रिवितरण हुने गर्दछ।
विभिन्न वैज्ञानिक अध्ययनको निष्कर्ष अनुसार दैनिक ३० ग्रामजति सुख्खा वनाइएको मकैको भर्जिन जुँगालाइ पानीमा उमालेर वहुऔषधीको रुपमा चिया जसरी सेवनगर्न सुझाव दिइएको छ। यसमा प्रशस्त मात्रमा एन्टि अक्सीड्यान्ट्सहरु जस्तै स्यापोनिन, एलान्सन, स्टेरोल, स्टिग्मास्टेरोल,पोलीपmेनल, म्युसिलेज, एस्कर्भिक एसिड, एन्थोसायनीन, प्लान्टासीड तथा भिटामिन के जस्ता अनेकौं जीवनदायीतत्वहरु पाइन्छ। विषेशगरि सोडीयम र पोटासीयम जस्ता रक्तचाप र दिमागको कग्नीटीभ क्रियाकलापसंग सरोकार राख्ने तत्वहरु अत्याधिक मात्रामा पाइने हुंदा मकैको जुंगाको महत्वलाइ वरदानकै रुपमा लिइनु पर्ने वैज्ञानिकहरुको सुझाव छ। बच्चा, वयस्क, सुत्केरी महिलातथा बृद्धहरु सवैको लागि मकैको जुंगा उपयोगी सिद्ध भएको छ।
जुंगालाई चियाको रुपमा सेवन गरेमा मृगौलाको पथ्थरीमा हुने दुखाई, प्रोस्टेटको समस्या लगायत पिसाव सम्बन्धि विभिन्न रोगहरुहरुमा राहतप्राप्त हुन्छ । शरिरबाट फ्री रेडीकल जस्ता अनावश्यक हानिकारक पदार्थहरुलाई निष्काशनगर्न कर्न सिल्कअर्थात मकैको जुंगाको चियाले धेरै नै मद्दत गर्दछ। मकैको जुँगालाई मानिसको वजनकम गर्नको लागी समेत प्रयोग गर्न सकिन्छ। यसलाई ताजै अथवा सुकाएर विभिन्न तरिकाहरुबाट समेत प्रयोग गर्न सकिन्छ। रोग प्रतिरोधात्मक क्षमताकम भएका मान्छेहरुको रगतमा प्लेटलेट्सको संख्या वढाउनको लागी जुंगा सहीत मकै उसीनेको पानीपिउन समेत डाक्टरहरुले सुझावदिने गरेका छन। विषेशगरी ढल्कदों उमेरका लोग्ने मान्छेहरुको प्रोस्टेटलाई ठिक गर्नमा मकैको जुंगाले चमत्कारीक नतिजा दीनेकुरा वैज्ञानीकहरुले दावी गरेका छन। अमेरीका, टर्की, फ्रान्स लगायतका देशमा मकैका जु्ंगाको धुलो प्रतिकिलो रु पांचहजार अर्थात पचास डलर सम्ममा विक्री हुन्छ। मकैको जुंगालाइ सुकाएर चियाको रुपमा वेच्नको लागी काठमाडौमा पनि रेष्टुरेन्टहरु खुलेका छन। व्लड प्रेसर, विर्सीने, सोच्नन सक्ने, सुगर, मोटोपन, पिसाव कमहुन आदी अनगिन्ती समस्या विरुद्दको लागि मकैको जुंगा वाट औषधीहरु तयार गर्न थालिएको छ।
यी विभिन्न पौष्टिक महत्व भएकै कारण पशुपन्छीको दाना, वेकरी आईटमहरु, विस्कुटहरु, हर्लिक्स, डेक्स्ट्रोजरग्लुकोज, कर्न आयल, कर्न स्टार्च, फ्रुक्टोज कर्न सिरप, सर्वोत्तम लिटो, कर्नफ्लेक्स, मेडीकल स्पीरीट, सिल्क टी र वेवीकर्न, आइसक्रीम, चिजवल्स तथाकर्नपफिंग्स, सेरेल्यक र ल्याक्टोजीन आदिचिजहरु पनि मकैको औधोगिकप्रयोगवाट नै तयार गरिन्छन। मकैको उत्पादन तथा उत्पादकत्व वढाएर औधोगिकरणको शुरुवातगर्न र हाम्रा युवालाई रोजगारी दिन समेत मकैले थप महत्वपूर्ण भूमिका खेल्न सक्दछ। मकैवालीको उत्पादन र उत्पादकत्व वढाई यी विषयमा औधोगिकरणको शुरूवात गराउने हो भने यस क्षेत्रमा राज्यले थप लगानी वढाउन जरुरी छ। यी उद्योगहरुको महत्वपूर्ण कच्चापदार्थको रुपमा रहेको मकै मुलुक भित्र पर्याप्त परिमाणमा उत्पादन हुननसक्दा व्यवसायीहरु विदेशी मकैको आयातमा भर पर्नुपर्ने स्थितीको अन्त्य हुनैपर्दछ ।

VIEWS: 547