क्षेत्रावती मावि जिल्लाकै उत्कृष्ट

Sunday, May 19th, 2019 |

जेष्ठ(५,२०७६)


दोलखा जिल्ला बैतेश्वर गाउँपालिका स्थित २०२३ सालमा स्थापित श्री क्षत्रवती मा.वि., क्षत्रपामा प्रेम पुर्ण प्रताप फाउन्डेसन द्वारा जिल्लाको उत्कृष्ट तथा नमुना बिदयालय हुन सकेको कारण सम्मानित भएको छ ।

जेष्ठ ४ गते दोलखाको चरिकोट स्थित हाम्रो रेडियोको सभा हलमा प्रदेश सभा सदस्य माननीय विशाल खडकाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रेम पुर्ण प्रताप फाउन्डेसन नेपालको प्रथम साधारण सभा ले उक्त बिद्यालयका प्र.अ. पदम बहादुर जिरेल लाई दोलाखा मा रहेका सामुदायिक बिद्यालय हरु मध्येका उत्कृष्ट बिधालय तथा नमुना योग्य बिद्यालय बन्नमा क्षेत्रवती मा वि सफल रहेको हुँदा फाउन्डेसन ले सम्मान गरेको हो ।

       

आफ्नो बिद्यालय आफैँ बनाउ भन्ने अभियान सहित बिद्यालयको शैक्षिक गुणस्तर उच्च बनाउने हेतुले अगाडि बढिरहेको यो बिदयालयमा प्रयाप्त रुपमा भौतिक ब्यबस्थापन हुन नसकेता पनि १२ कक्षासम्म निशुल्क रुपमा अध्यापन गराउने नेपालकै नमुना तथा उत्कृष्ट बिदयालय सावित हुन सकेको कारण प्रेम पुर्ण प्रताप फाउन्डेसनले प्र.अ पदम जिरेल लाई सम्मान गरेको हो ।

VIEWS: 1502