धानबाली बिज्ञ भोलामा सिँह बस्नेतको कोरोना सक्रमणको करण निधन

Sunday, August 15th, 2021 |

 

काठमाडौ ३१ साउन

म रिटार्यर हो तर टार्यड भएको छैन भन्ने आफ्नो उक्तिले सधै फरासिलो रहने वरिष्ठ धानबाली बिज्ञ भोलामान सिंह बस्नेतको कोरोना सक्रमणको कारण हिजो निधन भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद्का सेवा निवृत्त वैज्ञानिक बस्नेत धानबालीमा विशेषज्ञता राख्दथे । उनि धानउत्पादन नै नेपाली अर्थतन्त्रको मुख्य आधार भएको व्याख्या गर्दथे । करिब १० वर्ष उनले नेपाल टेलिभिजन बाट प्रसारण हुने कृषि कार्यक्रम , रेडियो नेपालको कृषि कार्यक्रम र कृषि संचार र प्रसारमा काम गरेका थिए। धेरै समय कृषि सञ्चारमा काम गरेकाले उनी कृषि सञ्चारको आवश्यकता र महत्वको विषयमा धेरै जानकार पनि थिए । उनको मृत्युले नेपाली कृषि क्षेत्रले एक जुजारु र सकारात्मक उर्जाले भरिएको कृषि विज्ञ गुमाएको छ ।
हाल उनको पार्थव शरीर ओम हस्पिटलमा राखिएको छ ।

VIEWS: 267