भान्सामा खाना पकाउँदा के गर्नु राम्रो ?

Wednesday, July 29th, 2020 |

 

काठमाडौ १४ साउन
हामि हरेक दिन भान्सामा खाना कसरी मीठो बनाउने भनेर असाध्यै धेरै सोचिरहेका हुन्छौँ, तर कसरी सफा तरिकाले पकाउने भन्ने कुरामा ध्यान गएको हुँदैन। पानी पखाल्दा र आगोमा पकाउँ सब ठिक हुन्छ भन्ने मान्यता हुन्छ। तर, यसले शरीरलाई हानी गरिरहेको हुन्छ बिरामी भएपछि अर्कै कारणले ठान्छौ। कतै भान्साकै हेलचक्र्याइँले त भएको छैन भन्ने विषय तर्फ हाम्रो ध्यान कमै जान्छ । त्यसैले हरेक भान्सामा काम गर्दा निम्न सावधानिहरु सबैले अप्नाउनु राम्रो हुन्छ ।

खाना पकाउनुअघि र नपकाएको माछामासु समातेपछि साबुनपानीले हात धुनुहोस्। यसो गर्दा खानामा जीवाणु पस्न पाउँदैन।

खाना पकाउँदा एप्रोन वा छुट्टै कपडा प्रयोग गर्नुहोस्, जसले गर्दा अन्य बाहिर लगाएको कपडाबाट हुन सक्ने सक्रमण कम हुन्छ

रुघा लागेको छ अथवा सिंगान बगिरहेको छ भने खाना पकाइरहेको बेला हातले कुनै पनि खानेकुरा नछुनुहोस्।

मासु काट्न अलग चपिङ बोर्डको व्यवस्था गर्नुहोस्। नपकाएको मासुमा जीवाणु हुन्छन् र एउटै चपिङ बोर्ड प्रयोग भएमा यस्ता जीवाणु चपिङ बोर्डमा काटिने सलाद लगायतमा पस्न पुग्छन्।

बजारमा पाइने तरकारी र फलफूलमा विषादि बढी प्रयोग हुने भएकाले पकाउनुअघि÷खानुअघि तरकारी र फलफूललाई मनतातो नुनपानीमा दुई घण्टाजति भिजाउनुहोस्। यसरी भिजाएको फलफूल र तरकारी चिसो पानीमा पखालेर काट्नुपर्छ।

हात ओभानो राख्न भान्छामा राखिने तौलिया दिनदिनै धुनुपर्छ। खासगरी माछामासु समातेको हात पुछ्न प्रयोग गर्ने तौलियालाई तातो पानीमा धुने गर्नुहोस्। यसो गर्नाले तौलियाबाट जीवाणु सर्न पाउँदैन।

तरकारी, फलफूल र माछामासु ताजा राख्न फ्रिज प्रयोग गरिन्छ। यसरी राखिएका सामग्रीले फ्रिजभित्रै जीवाणुका अवशेष छोड्ने भएकाले फ्रिजलाई सफा गरिरहनुपर्छ। स्रोत ः एजेन्सी

VIEWS: 1722