तरकारी खेती गर्नका लागि ५० प्रतिशत अनुदानमा प्रस्ताव पेश गर्नुहोस्

Monday, September 14th, 2020 |

 

चितवन २९ भदौ
कृषि ज्ञान केन्द्र चितवनले आर्थिक वर्ष ७७।७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्र्तगत उच्च प्रविधियुक्त संरक्षित संरचनामा तरकारी खेती गर्नका लागि ५० प्रतिशत अनुदानमा प्रस्ताव पेश गर्न आह्वान गरेको छ । यसका लागि मकवानपुर र चितवन जिल्लाका ईच्छुक कृषक, कृषि फर्म, कृषि कम्पनी, कृषक समुह तथा कृषि सहकारीले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र प्रस्ताव दर्ता गर्न सक्नेछन् ।

संरचनाको प्रकार
१. जि. आई पाईपको प्लाष्टिक घर (टनेल)
२. फलामको पाईप प्लाष्टिक घर (टनेल)
३.एग्री नेट हाउस (नेट हाउस)
४. नेचुरल्ली भेन्टिलेटेड ग्रिन हाउस (पोलि हाउस )

विस्तृत जानकारीका लागि
कृषि ज्ञान केन्द्र चितवनको
फोन नम्बर ०५६(५२०११५

VIEWS: 325

ताजा खबर