फेरी बर्डफ्लु संक्रमण पुष्टि

Tuesday, February 1st, 2022 |

 

काठमाडाँै १८ माघ

नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएको छ । मोरङ जिल्लाको ग्रामथान(१ खुनियाकट्टा र बुढिगंगा (५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले पुष्टि गरेको हो । कुखुरामा फेला परेको बर्डफलू रोग ९एच फाइभ एन वान, एच फाइभ एन वान० पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।

विभागले सोमबार एकविज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ ।

कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गरेको थियो । विभागका अनुसार १६५० लेयर्स कुखुरा, ५० परेवा, ४२०० अण्डा, ११५० केजीदाना र ४००० गोटा अण्डाको क्रेट नष्ट गरिएको छ ।

VIEWS: 291