रैथाने सागसब्जी खानुहुन्छ ?

Tuesday, August 4th, 2020 |

 

काठमाडौँ २० साउन

तपाईं जहाँ बस्नुहुन्छ , गाउँ वा शहर , पहाड वा तराई , सुगम वा दुर्गम , भूगोल जहाँ भएपनि तपाईं बस्ने माटोमा रैथाने सागसब्जी पाइन्छ । सिजन अनुसार उत्पादन हुने रैथाने जसले जुन हाम्रो स्वाथ्यका लागि धेरै लाभदयि हुने गर्दछ । ति सागसब्जी तपाईंले नियमित खेतीपाती गरी उत्पादन गरिरहनुभएको पनि हुनसक्छ । जस्तै ः बेथे, लट्टेको साग, सिस्नो, सिजन अनुसार लौका घिरौलाको मुन्टा, तामा, टुसा आदि । जसमध्ये कतिपय साग सब्जीको हामि आफै करेसाबारीमा उत्पादन गर्न पनि सक्छौ, ति सागसब्जीको सेवनले हाम्रो स्वाथ्यलाई धैरै फाइदा पुग्ने विभिन्न समयमा भएका अनुसन्धानहरुले पुष्टि गरेको छ । तामा, टुसा च्याउ, निगुरो आदि चाहि जंगलमा यसैपनि फेला पार्न सकिन्छ । तपाईंले राम्ररी पहिचान गर्ने हो भने यस्ता थुप्रै सागसब्जी, अन्न फेला पार्नुहुनेछ, जो तपाईंकै माटोमा राम्ररी सप्रन्छ । कतिपयसँग खेतीपाती गर्ने जग्गाजमिन नहोला । तर पनि घरकै करेसाबारी, छत, बार्दली आदिमा लगाउन सकिने लट्टे, बेथे साग, कवाई साग लोक्कल बिः, आदी सागसब्जी लगाई सिजन अनुसार खान सकिन्छ ।

हाम्रो माटोमा अनेकथरीका सागसब्जी उत्पादन हुन्छन् । अन्न उत्पादन हुन्छन् । त्यसलाई कसरी बनाएर सेवन गर्ने भन्ने कुरा महत्वपूर्ण हो । अर्थात रैथाने परिकारलाई स्वादिलो बनाउने पाककला पनि आफुसँग हुनुपर्छ । पाककला छ भने जस्तोसुकै खानेकुरालाई पनि थरीथरीको परिकार बनाएर सेवन गर्न सकिन्छ । त्यसको स्वादमा विविधता थप्न सकिन्छ । हामी जुन भूगोल एवं माटो र हावापानीमा हुर्कन्छौं, त्यहीको रैथाने उत्पादन नै हाम्रो शरीरका लागि बढी उपयोगी हुन्छ । पहाडमा बस्नेले तराईको उत्पादन सेवन गर्नुभन्दा स्थानिय उत्पादन सेवन गर्नु राम्रो हो । किनभने हामी जुन हावापानीमा बस्छौं, हाम्रो शरीरले त्यही अनुसारको खानेकुरा माग्छ ।

VIEWS: 1848