पशुपन्छी औषधि व्यावसायिको कोरोनाको कारण मृत्यु

Friday, July 17th, 2020 |

 

सप्तरी २ साउन
कोरोना भाइरसको संक्रमणबाट पशुपन्छी औषधि व्यवसायी संघ प्रदेश नं २ का अध्यक्षको मृत्यु भएको छ।

राजविराज नगरपालिका ६ का ७२ वर्षिय रामकृष्णलाल दासको बिहीबार राती ११ बजे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।
मृतक दासले राजविराजमा खाद्य विज भण्डार सञ्चालन गर्दै आएका थिए।

मुटुरोगी लालदासको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो। उपचारअघि अस्पतालमा उनको स्वाव परिक्षण गरिएको र परिक्षणमा उनकको रिपोर्ट पोजेटिभ आएको थियो।
उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए।
यो सँगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ४० पुगेको छ। स्रोत ः भेट खबर डट कम

VIEWS: 430

ताजा खबर