भारत निर्यात हुनथाले सँगै गोलभेँडको मुल्य अकाशियो

Tuesday, August 8th, 2023 |

 

पर्सा २३ साउन

नेपालमा उत्पादन भएको गोलभेँडा भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ । देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रिकटन गोलभेँडा भारतको विहारतर्फ निर्यात भएपछि बारा, पर्सालगायत जिल्लामा टमारटको मूल्य आकासिँदै गएको हो ।

नेपाल र भारतबीच गोलभेँडाको मूल्यमा प्रतिकिलो एक सय १० को अन्तर भएपछि यसको निर्यात बढ्दै गएको छ । नेपालको खुद्रा बजारमा एक सय ३० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको गोलभेँडा भारतमा प्रतिकिलो दुई सय ४० रुपैयाँमा बिक्री हुने गरेको व्यापारीहरुले बताए । स्रोत ः रासस

VIEWS: 186