गरिबी निबारण कोषको ६० प्रतिशत भन्दा धेरै काम कृषि क्षेत्रमा नै रहेको छ

Tuesday, June 23rd, 2020 |
निर्मल भट्टराई उपाध्यक्ष ः गरिबी निवारण कोष गरिबी निवारण कोषले मुख्य गरी कुन कुन क्षेत्रमा काम गर्दै आएको छ ? यस कोषले विगत १५ वर्ष देखी गरिबी निवारणको विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । संस्थाले नेपाल भर ६२ जिल्लामा विभिन्न काम गर्दै आएको छ । यस कोषले मुख्य रुपमा सामुदायिक संस्थाहरु लाई अनुदान दिइ सबल बनाउने काम गर्दै आएको छ । संस्थाले गरिबीको रेखा मुनी रहेका घरपरिवारहरुलाई एक सामुदायिक संस्थामा आवद्ध गरी तिनीहरुलाई सिपमुलक तालिम तथा उत्पादनमा जोड्ने किसीमका विभिन्न कामहरु सञ्चालन गर्दै आएको हो । यस किसीमका संस्थामा एक संस्था बराबर २५ घरपरिवार आवद्ध हुन्छन् । हाल सम्म संस्थाको पहलमा ३२ हजार सामुदायिक संस्थाहरु निर्माण भैसकेका छन् । यो कोषले कृषि क्षेत्रमा चाहि कस्ता कार्यक्रमहरु सञ्चालन ल्याएका छन् ? यस कोषको सक्रियतामा संस्थाले हाल सम्म १९ अर्ब रुपैँया प्रयोगमा ल्याइसकेको छ । हाल नेपालमा गरिबीको रेखा मुनि रहेको जनसंख्या १८.७ प्रतिशत रहेको छ । जुन जनसंख्याको सबैजस्तो बसोबास ग्रामिण भेगमा नै रहेको छ । जसमा हामिले सिपमुलक तथा उत्पादन मुलक कार्यक्रममा नै धेरै प्रयोग गरेका हौँ । ति कार्यक्रमहरु मध्ये ६० प्रतिशत कार्यक्रम कृषि क्षेत्र सँग सम्बन्धित कार्यक्रमहरु नै रहेका छन् कोषले दिने अनुदानका कार्यक्रमहरु कसरी सञ्चालन हुन्छ ? यस कोषले शुरुमा संस्थाहरु निर्माण गर्दा जि संस्थाहरुको मागको आधारमा दियौँ र पछि तिनै संस्थाहरुले घुम्ती कोष सञ्चालन गरी काम उत्पादनशिल काममा अन्य समूह तथा घरपरिवारहरुलाई पनि आवद्ध गर्दै लैजान थाले उद्यमशिलताहरुको निर्माण हुदै कामहरु सञ्चलान भयो । अहिले यो संस्थाबाट कसरी काम हुदै आएको छ ? संस्था सञ्चालनको कुरा गर्दा गत वर्ष सम्म विश्व बैकको पैसाले काम ग¥यौ हाल भने कोष सञ्चालनका लागि सरकारी रुपमा कुल ५ करोड मात्र बजेट रहेको छ । जसले पुरानो कामहरुको अवलोकन तथा नियमितता मात्र गर्न सक्ने अवस्था छ । कोषले आगामि दिनमा कसरी काम गर्ने योजना बनाएको छ ? यस कोषले आगामि दिनहरुमा स्थानिय निकायसँग मिलेर काम गर्ने तयारी गर्न लागेको छ । गरिबीको रेखा मुनि रहेका जनसंख्याहरुको पहिचान गरी कृषि उत्पादनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरुको योजना कोषले बनाउँदै छ ।
VIEWS: 1449