कर्मा ग्रुपको पहलमा मेघा बैँक मार्फत विना धितो कृषि कर्जा प्रवाह

Monday, February 7th, 2022 |

 

 

काठमाडौँ २३ माघ

किसानलाई कर्मा ग्रुपको उर्जा मेघा बैँकको कृषि कर्जा भन्ने स्लोगन सहित कर्मा ग्रुप र मेघा बैँकको संयुक्त पहलमा किसानलाई बिना धितो सरल रुपमा कृषि कर्जा प्रवाह गरिएको छ । कर्मा ग्रुपको पहलमा ब्यवसायीक किसानलाई प्रोत्साहन गर्ने उद्देश्य अनुरुप बिभिन्न जिल्लाहरुबाट उपत्यकामा आइ जग्गा भाडामा लिई ब्यवसायीक खेती गर्दै आएका किसानलाई यस प्रकारको कर्जा प्रदान गरिएको हो ।

प्रति किसान रु २५ लाखका दरले काठमाडौं र भक्तपुरमा ब्यवसायीक खेती गरिरहेका १० जना किसानलाई रु २ करोड पचास लाख प्रवाह गरिएको छ । २१ बर्ष देखि नेपालमा कृषि ब्यवसाय सँगै समाजिक उत्तरदायित्व निर्वाह गर्दै आइरहेको कर्मा ग्रुप अफ कम्पनीका अध्यक्ष सुरेश गुरुङ र बैँक बिच गरिएको सम्झौताले नेपाली किसानलाई महत्वपुर्ण राहत प्रदान गरेको छ । अध्यक्ष गुरुङका अनुसार यो कार्यले किसानलाई कर्मा गु्रपकाृे सहयागले बास्तविक रुपमा नै उर्जा प्रदान गरेको बताउनुभयो । कृषि क्षेत्रमा नयाँ प्रबिधि र गुणस्तरीय उत्पादन उपलब्ध गराउन र उत्पादकत्व बढाउन भुमिका खेल्दै आएको कम्पनीले कृषकहरूको उत्पादन लागत घटाउन बिगतदेखिनै विभिन्न योजनामा काम गरिरहेको छ ।

सोही अनुरुप कम्पनीले बैंकसङ्गको सहकार्यमा किसानकालागी सस्तो र सरल कर्जा उपलब्ध गराएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । कर्जालाइ सहज र कम झन्झटिलो बनाउने गरि किसानको सुझावलाई समेटेर सोहि अनुरुप कर्जा उपलब्ध गराईएको बैंकले बताएको छ । १० जना किसानलाई प्रवाह गरिएको कर्जाबाट परिणाम सन्तोषजनक आएकाले यसलाई अझ परिस्कृत गर्दै अगाडि बढाईने कम्पनीले जनाएको छ । कोरोना कहर र आर्थिक मन्दीले पारेको असर बिच पनि किसानलाई सहमती अनुरुप कर्जा प्रवाह गरेकोमा कर्मा गु्रप अफ कम्पनीको तर्फबाट बैंक प्रति आभार व्यक्त गरेको छ ।

प्राप्त कृषि कर्जा सरल र सहज भएकाले आफुँहरु ब्यवसायीक खेती गर्न थप उत्साहित बनेको किसानलहरुले जनाएका छन् । दोलखा जिल्लाबाट भक्तपुरको सुर्यविनायक ९ मा २० रोपनी जमिन भाडामा लिई दोलखाली प्रणामी कृषि फार्म सञ्चालन गरिरहेका किसान रमेश फुयाँलले कर्जाले गर्दानै आफुँले खेतीलाई निरन्तरता दिन सकेको बताएका छन् । उनका अनुसार यस प्रकारको सेवा र सहयोगले नेपालमा किसानको भलो भएको र कृषिलाई आत्मनिर्भर बनाउने बाटो खुलेको छ । उनी जस्तै अन्य ९ जना किसानले यस्तो सेवा लिईरहेको कम्पनिले जानकारी दिएको छ ।

VIEWS: 491