कोकोपिट प्रयोग गर्दा मुल्यमा भन्दा गुणस्तरमा ध्यान दिन कृषि विज्ञको सुझाव

Sunday, August 9th, 2020 |

 

 

काठमाडाँै २५ साउन

आजभोलि व्यावासयिक तरकारी खेती तथा नर्सरीमा कोकोपिटको प्रयोग धेरै नै बढ्न थालेको छ । कोकोपिट नरिवलको जट्टाको धुलो हो, जसलाई विशेषगरी विरुवा उमार्ने मिडियाको रुपमा प्रयोग गरिन्छ । यसका सम्बन्धमा कृषि क्षेत्रमा नै काम गदै आउनु भएका कृषि विज्ञको सुझाव यसको मुल्यमा भन्दा पनि गुणस्तरमा ध्यान दिनु आवश्यक छ । हाल पुष्प विकास केन्द्रको प्रमुखको रुपमा कार्यरत रहनु भएका बागवानि विकास अधिकृत सुधिर श्रेष्ठले सामाजिक संञ्जा फेस बुकमा पोष्ट गर्नुभएको पोष्ट, जस्ताको त्यस्तै कौशी खेतीमा संलग्न कतिपय साथीहरूले कोकोपीटको मूल्यमा भएको विविधता तथा कोकोपीट प्रयोग गर्दा कौसी खेती असफल भएको र कोकोपीट प्रयोग नगर्दा चाहि राम्रै भएको प्रतिकृया दिने गर्नु भएको छ । यस सन्दर्भमा मैले जाने बुझेको केही कुरा शेयर गर्न चाहन्छु ।

कोकोपीटको प्रयोग कृषिमा सामान्यतया हाइड्रोपोनिक्स प्रविधिमा ब्यापकरूपमा हुने गर्दछ । अचेल अयलतबष्लभच नबचमभलष्लन अर्थात थैलारबाकसमा गरिने खेतीमा पनि यसको प्रयोग हुन थालेको छ । नर्सरीमा त यसको प्रयोग छदैछ ।

कौसी खेतीमा यसको प्रयोग लोकप्रिय हुनु वा बनाइनुको कारण यसको हलुका तौल र पानी धारण गर्न सक्ने क्षमता नै हो । यदि तपाइको छतमा भारवहनको समस्या छैन भन्ने लाग्छ भने यसको प्रयोग नगरिकन माटो र मल मात्र प्रयोग गर्न सकिन्छ ।

मेरो बिचारमा कोकोपीटको सट्टा बायोचार ९अँगारको धुलो० को प्रयोग गर्न पनि सकिन्छ । कोकोपीटमा पाइने सबै गुण यसमा पनि पाइन्छ । यसलाइ हामी निशुल्क घरमै बनाउन पनि सक्छौं ।

कोकोपिटको बारेमा बुझ्नु पर्ने कुरा के हो भने यो नरिवलको बोक्रामा रहेको जटाबाट बनाइन्छ । हामी सबैलाइ थाहा भएको कुरा हो नरिवल समुन्द्री तटिय क्षेत्रमा हुने बाली हो ।

त्यसकारण प्रशोधन नगरिएको नरिवलको बोक्रामा अत्याधिक मात्रामा नून ९सोडियम क्लोराइड र पोटासियम क्लोराइड० को मात्रा हुन्छ । हामीले कोकोपीट खरीद गर्दा त्यसको मूल्यलाइ त विचार गर्नै पर्छ तर साथसाथै यसको गुणस्तरको बारेमा समेत विचार गर्नु पर्दछ ।

हामीले खरीद गर्न लागेको सस्तो कोकोपीट कतै कम गुणस्तरको त छैन रु सोच्ने कुरा हो यो । कोकोपीट खरीद गर्नु अघि यो wash

गरिएको र bufferingगरिएको हो कि हैन त्यो हेर्नु पर्ने हुन्छ । नूनले माटो र बाली विरूवालाइ हानी गर्छ भन्ने कुरा त हामी सबैले बुझेकै छौं ।

नूनको मात्रा EC (Electric conductivity) meter र TDS (Total Dissolved Solids) meter

बाट जाँच गरिन्छ । सामान्यतयाःTDS १ भन्दा कम तथा ppm ७५०(१५०0 ppm भएको राम्रो मानिन्छ ।

हाम्रोमाEC र TDS जाँच गर्ने सुविधा सहजै उपलब्ध नहुने भएकोले कम्पनीले प्रदान गरेको लेबेलमा भर पर्नु पर्ने हुन्छ । त्यसकारण कोकोपिट खरीद गर्नु अघि त्यो प्रशोधित हो कि हैन त्यसको निधो गरेर मात्रै खरीद गर्नु उपयुक्त हुन्छ ।

सस्तो र अप्रशोधित कोकोपिट खरीद गर्नुभन्दा विश्सासिलो कम्पनीबाट केही महङ्गै भए पनि तयसलाइ छनौट गर्नु उपयुक्त होला । त्यसकारण लेबेल नगरिएको कोकोपिट कदापि नकिनौ । कोकोपीटको सकारात्मक गुणको अधिकतम उपयोग गरौ ।

VIEWS: 2828