कर्णालीलाई कृषिबाट अगाडि बढाउन लागि पर्दै सुमार्गी

Tuesday, December 27th, 2022 |

 

सुर्खेत १२ पौष

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले कर्णालीलाई कृषिबाट अगाडि बढाउन लागि पर्ने बताएका छन् । कर्णाली प्रदेश भ्रमणमा निस्कनु भएको सभापति सुमार्गीले सुर्खेत उद्योग बाणिज्य संघको साधारण सभालाई संबोधन गर्ने क्रममा उक्त विषय उठाएका हुन्। । सुमार्गीले जिल्ला नगरका उद्योगी यतिबेला चर्को ब्याजदरमा व्यवसाय अगाडी बढाउन नसक्ने स्थितीमा रहेको भन्दै राष्ट्र बैँक र अर्थ मन्त्रालयले समयमै ब्याजदर नियन्त्रण नगरे थप आन्दोलनमा जानुपर्ने स्थिती आउनसक्ने पनि बताए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री जिवनबहादुर शाहीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा विभिन्न उद्योगी तथा व्यवसायीको उपस्थिती रहेको थियो । कर्णाली प्रदेश भ्रमणको क्रममा पौष ११ गते सोमबार चौथो जाजरकोट महोत्सवको उदघाटनमा अतिथीको रुपमा सहभागी भएका थिए । सुमार्गीले देशलाई उत्पादनतर्फ अगाडी बढाउन र उत्पादित बस्तुको बजारिकरण गर्नको निमित्त महोत्सवले टेवा पुर्‍याउने बताए । उनले कृषिमा नयाँ नयाँ खोज अनुसन्धान हुनपर्ने बताउदै सरकारले कृषिको विकासको लागि नयाँ ढंगबाट अघि बढ्नुपर्ने बताए । उनको सुर्खेत,जाजरकोट, दाङ हुँदै लुम्बिनी प्रदेशको मुख्य शहर बुटवलमा विभिन्न उद्योगी,व्यवसायीसंग थप अन्त्क्रिया गर्ने कार्यक्रम तय भएको छ ।

सुमार्गी यतिबेला देशका विभिन्न स्थानमा उद्योगी तथा व्यवसायीको गुनासो सुन्दै उनिहरुको धारणा बुझ्न यात्रामा छन् । सुमार्गी महासंघको आगामी नेतृत्वको लागि जिल्ला नगरतर्फ केन्द्रिय उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् ।

VIEWS: 121