सिल गरिएको गोदामबाट तिल र गहुँ गायब !

Monday, November 7th, 2022 |

 

काठमाडौ २१ कार्तिक

 

असोज ३० मा वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलगायतका निकायले कुलेश्वरको अभिषेक ट्रेडर्समा छापा मार्दा म्याद गुज्रिएको तिल, नरिवल, गहुँ फेला पार्‍यो ।

विभागले त्यसै दिन सार्वजनिक गरेको दैनिक अनुगमन प्रतिवेदनमा म्याद गुज्रिएको र अधिकतम खुद्रा बिक्री मूल्य स्पष्ट नभएको १८ बोरा नरिवल, ३१७ बोरा तिल, १५८ बोरा गहुँ फेला पारेको उल्लेख गरेको थियो
अनुगमनमा खटिएका अधिकारीहरु भने उक्त गोदाममा झण्डै २ सय बोरा जिरा पनि म्याद गुज्रिएको अवस्थामा फेला परेको बताउँछन् दावी गर्छन्, तर विभागको अनुगमन प्रतिवेदनमा जिराबारे उल्लेख भएन ।

बरामद भएको खाद्यवस्तुको परीक्षण गर्ने वा नगर्ने विषयमा वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच विवाद भएको स्रोतको दावी छ । गोदाम सिल गर्ने मुचुल्कामा हस्ताक्षर गर्ने विषयमा पनि विवाद भयो । स्रोत ः अनलाइन खबर

VIEWS: 102