कृषि उद्यम र र्कितिपुर नगरपालिका विच कृषि उत्पादनका लागि सहकार्य हुने

Friday, July 29th, 2022 |

 

 

काठमाडौँ १३ साउन

कृषि उद्यम तथा अनुसन्धान केन्द्र र र्कितिपुर नगरपालिका विचमा कृषि उत्पादन वृद्धि र उक्त क्षेत्रमा रहेका कृषिका सम्भावना विषयमा अध्ययन सहकार्य गर्ने सम्झौता भएको छ ।

बिहिबार केन्द्रका सभापति अरुणराज सुमार्गी र र्कितिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीबीच किर्तिपुरमा व्यवसायिक कृषिको प्रवर्द्धन र बजारिकरणको लागि कृषि उद्यम केन्द्रले सहयोगको सम्झौता भएको हो । कार्यक्रममा सुमार्गीले र्कितिपुरको कृषि उत्पादन वृद्धिका निम्ति नगरपालिकालाई आवश्यक कृषि प्राविधिक उपलब्ध गराउने प्रतिवद्धता गरेका छन् । उनले आगामी दिनमा केन्द्रले गर्न लागिरहेको कोरिया भ्रमणमा किर्तिपुरलाई चिनाउने कार्य के गर्न सकिने पनि बताए छन् ।

छलफलको क्रममा नगर उपप्रमुख शुभलक्ष्मी शाक्य, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्की,नेपाली कांग्रेसका नेता बिश्वजित महर्जन, सय किसान अभियानका अभियन्ता बिनोद लामिछाने,शर्मिला अधिकारी राउत लगायतको उपस्थिती रहेको थियो ।

VIEWS: 209