इजरायल नेपाल सम्बन्ध प्रगाढ बनाउने सेतु कृषि ः सुमार्गी

Wednesday, June 1st, 2022 |

 

 

काठमाडौँ १८ जेठ

 

कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले इजरायल नेपाल सम्बन्ध प्रगाढ बनाउन कृषि एउटा राम्रो सेतु बन्ने बताएका छन् ।
बुधबार इजरायल नेपाल विच दैत्य सम्बन्ध स्थापना भएको ६२ औ वर्ष भएको अवसरमा राजधानिमा आयोजित एक कार्यक्रममा प्रतिक्रिया दिदै सुमार्गीले यस्तो बताएका हुन् ।
उनले कृषि मार्फत जनता जनता विच राम्रो सम्बन्ध बनाएर दुवै देश विचको सम्बन्ध अझ प्रगाढ बनाउन सकिने र त्यसको लागि आफुले सय किसान अभियान सञ्चालनमा ल्याएको पनि जानकारी दिए । सो अभियानबाट देश भर कृषिको हरेक विद्यामा राम्रो र नमुना १ सय किसान बनाउने र उनिहरुलाई लगानी, प्रविधि,बजार सहित मुल्य श्रृङ्खलाको सबै आयाममा सहयोग गर्ने आफ्नो योजना रहेको सुमार्गीको भनाइ छ ।

इजरायल नेपाल विच कसरी सम्बन्ध अझ प्रगाढ र मज्बुत बनाउन सकिन्छ भन्ने सन्दर्भमा भएको छलफलमा नेपालका लागि इजरायलका राजदुत हनान् गोदेरले इजरायल नेपालको विकासको लागि कृषि सँगै अन्य धेरै क्षेत्रमा हातेमालो गरेर अगाडि बढ्न आफुहरु सधै तत्पर रहेको जानकारी दिए । इजरायलले सधै नेपाललाई एउटा असल नियतले सहयोग गर्दै आएको र नेपालले पनि सोहि अनुसार सहयोग गर्छ भन्ने अपेक्षा रहेको पनि उनले बताए ।

त्यसैगरी पूर्व परराष्ट्रमन्त्री प्रदिव ज्ञावालीले विश्वेश्वर प्रसाद कोइरालाले जुन खालको परराष्ट्र नीति लिनुभएको थियो सो नीतिलाई सहि अनुसरण गरे नेपालको सबै विदेशी राष्ट्रसँग सुमधुर सम्बन्ध कायम हुने बताए । उनि सहित कार्यक्रममा सहभागी व्यक्तित्वहरुको इजरायल नेपाल सम्बन्धलाई प्रगाढ बनाउन सहि र ठोस रुपमा योजना बनाएर नै अगाडि आउनुपर्ने सुझाव थियो ।

VIEWS: 216