बजेट कस्मेटीक छ ः सुमार्गी

Monday, May 30th, 2022 |

 

काठमाडौँ १६ जेठ

उद्योग बाणिज्य महासंघ अन्तर्गत कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गीले आ.व २०७९।८० को लागि आएको बजेट कस्मेटीक भएको बताएका छन् ।

बजेटको सन्र्दभमा कृषक खबरसँग कुरा गर्दै सभापति सुमार्गीले यस वर्ष आएको बजेटले आयात प्रतिस्थापन र विषम परिस्थीतिलाई समेट्न अझै नसकेको जानकारी दिए । झट्ट हेर्दा केहि आकर्षक लागेपनि बजेटले समग्र उत्पादनमुलक क्षेत्रको विषयलाई र आयात प्रतिस्थापन गर्ने विषयलाई सहि संबोधन नगरेको उनको बुझाइ छ ।

सुमार्गीका अनुसार कृषि उत्पादनको समर्थन मुल्य तोक्ने कुरा भएपनि सो समर्थन मुल्य अनुसार सरकारले खरिद गर्न प्रर्याप्त बजेट छुट्याएको छैन, खरिद गरेपछि भण्डारण काहाँ गर्ने सोको विषयमा उल्लेख छैन, १० लाख पर्यटक भित्राउने कुरा मात्र छ तर सोको लागि पर्यटन क्षेत्रलाई कसरी अगाडि लैजाने भन्ने विषय छैन, औद्योगिक उत्पादनको योगदान कम भैरहेको अवस्थामा सो क्षेत्रको योगदान बृद्धि गर्ने प्रकारको योजना देखिदैन, त्यसैले यो पुरानो बजेटको निरन्तरता मात्र देखिएको हो ।

समान्य कर प्रणालिमा परिवर्तन हुदैमा रमाउने अवस्था नभएको र साना तथा मझौला उद्योगको समस्या समाधान हुने किसिमले काम नभए सम्म हाम्रो अर्थतन्त्रको जग बलियो नहुने उनको भनाइ छ ।

त्यसैले झट्ट हेर्दा बजेट आर्कषक जस्तो लागेपनि यसले सहि विषयलाई संबोधन गर्न नसकेको उनको बुझाइ छ ।

VIEWS: 259