किसान पेन्सन १ अर्बको सहित कृषिमा ५५ अर्ब ९७ करोडको बजेट विनियोजन

Sunday, May 29th, 2022 |

 

काठमाडौ १५ जेठ

सरकारले कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई कुल ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये सरकारले १५ अर्ब रुपैयाँ रासायनिक मल खरिदको लागि विनियोजन गरेको हो ।

त्यस्तै धान लगायत खाद्यान्न भण्डारको लागि देशभरी १०० सामुदायीक खाद्य गोदाम घर सञ्चालन गर्ने तयारी सरकारको रहेको छ । ‘कृषि जैविक विविधता’को रुपमा मनाउने तयारीसमेत गरेको छ । सरकारले उखु किसानको लागि ८१ करोड रुपैयाँ विनियोजन गरेको छ ।
बजेटमा व्यवस्था भए अनुसार यसवर्ष पनि प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका लागि ५ अर्ब ९० करोड बजेट छुट्याएको छ ।

किसान पेन्सन
सरकारले किसान पेन्सन योजनाको पनि घोषणा गरेको छ । किसानसँग सरकार कार्यक्रम अन्तर्गत सो घोषणा बजेटमार्फत गरिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै किसान पेन्सन योजनाको बीउ पुँजीका लागि १ अर्ब विनियोजन गरिएको जानकारी दिए

VIEWS: 344