नेपालगन्ज नाकाबाट ५२ अर्बको गेडागुडी आयात

Friday, August 27th, 2021 |

 

नेपालगन्ज ११ भदौ

नेपालगञ्ज नाकाबाट एक वर्षमा एक अर्ब ५२ करोड ३७ लाख रुपैयाँ बराबारको गेडागुडी आयात भएको छ। आर्थिक वर्ष २०७६र७७ मा एक अर्ब १० करोड ८८ लाखको मात्र आयात भएको थियो।

यसैगरी सोही नाकाबाट हरेक वर्ष चामल तथा चामलजन्य वस्तु आयातमा पनि वृद्धि हुँदै गएको छ। नेपालगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा ८९ करोड रुपैयाँको चामल आयात भएको छ। आर्थिक वर्ष २०७६र७७ भन्दा यो झण्डै २९ करोड रुपैयाँभन्दा बढी हो।

आर्थिक वर्ष २०७७र७८ मा ८८ करोड ९८ लाख ४२ हजार ९६ रुपैयाँको ती खाद्यान्न आयात भएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०७६र७७ मा ६० करोड १० लाख १५ हजार १४४ रुपैयाँ बराबरको आयात भएको थियो। आर्थिक वर्ष २०७५र७६ मा ४९ करोड ७१ लाख १५ हजार ८१३ रुपैयाँ को चामल आयत भएको देखिन्छ।

नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थ आयातमा पनि वृद्धि भएको छ। गत आर्थिक वर्ष दुई अर्ब ४६ करोड ७० लाखको पेट्रोल आयात भएको उनले बताए। आर्थिक वर्ष ०७६र७७ मा एक अर्ब ९५ करोड ३९ लाखको आयात भएको थियो। उनले भने‚ ‘पेट्रोल र खाद्यन्न आयातमा वृद्धि हुनुले परनिर्भरता बढ्दै गएको छ भन्ने देखाउँछ।’

कार्यालयका अनुसार गत आर्थिक वर्षमा चार अर्ब ८८ करोड ३९ लाख ८८ हजार मूल्य बराबरको चिनी तथा चिनीजन्य वस्तु आयात भएको छ। यो पनि आर्थिक वर्ष ०७६र७७ को तुलनामा धेरै हो। उक्त आर्थिक वर्षमा एक अर्व ४४ करोड ६२ लाख रुपैयाँको ती वस्तु आयात भएको थियो।

सिमेन्टको क्लिङ्कर आयातमा भने गिरावट आएको छ। गत आर्थिक वर्षमा ३९ करोड १२ लाखको क्लिङ्कर आयात हुँदा आर्थिक वर्ष २०७६र७७ मा ४१ करोड ९३ लाख रुपैयाँका क्लिङकर आयात भएको थियो। ‘सिमेन्टको क्लिङ्कर आयातमा भने कमी देखिएको छ,’ कार्यालय प्रमुख भण्डारीले भने, ‘लकडाउनका कारण सिमेन्ट कारखाना बन्द भएका कारण यस वर्ष भारतबाट क्लिङ्कर आयातमा कमी भएको हुनसक्छ। स्रोत स्रोत ःरासस

VIEWS: 493