उखु किसानको ४० करोड बक्यौता भुक्तानि नभएपछि फेरी काठमाडौँ आए

Thursday, July 29th, 2021 |

 

काठमाडौँ १४ साउन

गत पुषमा लामो आन्दोलन पछि उखुको बक्यौता रकम भुक्तानी हुने सम्झौता भएछि घर फर्किएका किसानले अझै बक्यौता रकम नपाएपछि काठमाडौँ आएका छन् । उखु किसान संघर्ष समिति, सर्लाही तथा नवलपरासीका किसान पुन काठमाडौँ आएका हु्न् । गत पुषमा करिब १९ दिने लामो आन्दोलन पछि सरकारले सम्झौता पत्रमा हस्ताक्षर गराएर उखु किसानलाई फर्काएको थियो ।

किसानहरूको दावी ९१ करोडमा सरकारले भने ६५ करोडको बक्यौता रकम तिर्न बाँकी रहेको तथा बाँकी विवादित रहेको २५ करोडका लागि कार्यलद गठन गरी प्रतिवेदन निकाल्ने सहमति भएको थियो ।

एक महिनाको अवधिमा बक्यौता रकम भुक्तानी हुने सहमति भएको भए पनि आठ महिनाको अन्तरालतमा ५० करोड भुक्तानी भए पनि १५ करोड तथा विवादित २५ करोड गरी करिब ४० करोड रकम भुक्तानी बाँकी रहेको जानकारी उखु संघर्ष किसान समितिका संरक्षक राकेश मिश्रले हलोखबरलाई जानकारी दिए ।

बिहीबार ९आज० एक कार्यक्रम गरी सरकारलाई बाँकी रकम भुक्तानीको लागि ‘अल्टिमेटम’ दिने तथा सरकारले पुनः सम्बोधन नभएमा आन्दोलनमा उत्रिने उनले जनाए ।

VIEWS: 494