डेढ करोडको सुन्तला एउटै गाउँमा उत्पादन

Friday, January 1st, 2021 |

 

बाग्लुङ १७ पौष

जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका किसानले यस वर्ष डेढ करोड बराबरको सुन्तला उत्पादन गरेका छन्। सुन्तला गाँउको रुपमा परिचय बनाउन थालेको यो गाउँमा गत वर्षको तुलनामा उत्पादन भने अलि कम भएको किसानले बताएका छन्। अत्याधिक बर्षाको कारण यस वर्ष झण्डै एक करोड बढी मूल्यको सुन्तलामा गिरावट आएको स्थानीयवासी बताउँछन्।

बगैँचा विस्तार र मलजल राम्रो गरे पनि औँशे किराको प्रकोपलगायत कारणबाट सुन्तला उत्पादनमा केही कमी आए पनि यस वर्ष डेढ करोड रुपैयाँको सुन्तला फलेको सिगानाका सुन्तला किसान टोपबहादुर खड्काले जानकारी दिए।

गत वर्ष सिगानाका सुन्तला किसानले सुन्तला बिक्रीबाटै दुई करोड रुपैयाँ भित्र्याएको वडा कार्यालयको तथ्याङ्कले देखाएको छ। ुयो वर्ष थप बगैँचा विस्तार भएका कारण साढे दुईदेखि तीन करोड रुपैयाँका सुन्तला बिक्री हुने अपेक्षा गरेका थियौँु, कृषक खड्काले भने,ुमौसम राम्रो नभएका कारण केही सुन्तला उत्पादनमा कमी आए पनि डेढ करोड रुपैयाँभन्दा बढी रकम यस वर्ष पनि सिगानामा भित्रिनेछ।ु

सुन्तला ढिलो पाकेका कारण सिगानामा सुन्तला बजारमा आइ नसकेको अर्का किसान रामबहादुर खड्का बताउँछन्। ु“डोके व्यापारी आएका छन्, गत वर्षजस्तो ठूला व्यापारी आइसकेको अवस्था छैनु, खड्काले भने, ु१० टन सुन्तला शीतभण्डारमा राखिएको छ, अन्य सुन्तला बिक्री गर्न थालिएको छ।ु अहिले शीतभण्डारमा राखिएका सुन्तला चैतमा मात्रै महङ्गो मूल्यमा बिक्री वितरण गरिँदै आइएको छ। यहाँका सुन्ताला बोटबाटै समेत बिक्री हुँदै आएका छन्।

सुन्तलाको पकेट क्षेत्रकारूपमा रहेको सिगानासहित जिल्लाका अन्य स्थानमा यस वर्ष ३० प्रतिशत सुन्तला उत्पादनमा गिरावट आएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ। वडा कार्यालयले सुन्तला उत्पादन भएअनुसार यस वर्ष डेढ करोडका सुन्तला बिक्री गर्ने आकलन गरेको छ। सिगानामा अहिले प्रतिकिलो ५० रुपैयाँका दरले सुन्तला बिक्री भइरहेको छ। सिगानामा राम्रो फल लागिरहेका १५ हजार सुन्तलाका बोट छन्।

जसमध्ये बढीमा एक बोटबाट२५ हजार रुपैयाँदेखि पाँच हजारसम्मका सुन्तला उत्पादन हुन्छन्। बानपा–८ का वडाध्यक्ष राजन जिसीका अनुसार वडा कार्यालयमार्फत तीन वर्षको अवधिमा २८ हजार सुन्तलाका बिरुवा रोपिएको छ। वितरण गरेको बिरुवाले अबको दुई वर्षदेखि उत्पादन दिन थाल्नेछन्। ुवडा कार्यालयले दिएका बिरुवाको उत्पादन हुने समय भएको छैन, सामान्यतया सुन्तलाका बोटले उत्पादन दिन चार वर्ष लाग्छु, अध्यक्ष जिसीले भने, ुअहिले उत्पादन भइरहेका सुन्तला व्यक्तिगतरूपमै अग्रसरता लिएर किसानले आफैँले लगाएका हुन्।ु तीन वर्षपछि सिगानामा कम्तीमा पाँच करोड रुपैयाँको सुन्तला निर्यात हुनेछ। स्रोत ः रासस

VIEWS: 718