७० हजार मेट्रिकटनले बढ्यो धानको उत्पादन

Friday, December 25th, 2020 |

काठमाडौँ १० पौष

यस वर्ष गत वर्षको तुलनामा ७० हजार मेट्रिकटनले धानको उत्पादन बढेको छ । देशभरबाट प्राप्त धान उत्पादनको तथ्याङ्कको आधारमा उत्पादन बढेको पाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको हो ।

कृषि तथ्याङ्क प्राविधिक समितिको बैठकबाट पारित आर्थिक वर्ष ०७७।७८ को धान उत्पादन तथ्याङ्क अनुसार यस वर्ष नेपालमा ५६ लाख २० हजार मेक्ट्रिकटन भन्दा धेरै धान उत्पादन भएको जनाएको छ ।

गत वर्ष १४ लाख ५८ हजार ९१५ हेक्टर जमिनमा धान खेती हुँदा ५५ लाख ५० हजार ८७८ मेट्रिकटन धान उत्पदन भएको थियो । चालु आर्थिक वर्षमा नेपालमा कुल धान रोपाइँ हुने क्षेत्रफलको ९८.१९ प्रतिशत भूभागमा यस वर्ष रोपाइँ भएको थियो ।

देशको कुल १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफल मध्ये यस वर्ष १३ लाख ४६ हजार ९ सय २० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो ।

VIEWS: 741