भारतिय किसान कृषि कानुनको विरोधमा सर्वोच्चमा पुगे

Sunday, December 13th, 2020 |

 

 

नयाँ दिल्ली २८ मङसीर

भारतीय किसान युनियन (बिकेयू) ले सरकारले हालै ल्याएका तीन कृषि कानून विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।

बिकेयूले सर्वोच्चमा दायर गरेको मुद्दामा तीनै कृषि कानून रद्द गर्न माग गरिएको छ । ती कानूनबाट बहुराष्ट्रिय कम्पनीहरुद्धरा गरिब तथा अशिक्षित किसानलाई शोषण गर्ने खुला छुट मिल्ने चिन्ता व्यक्त गरिएको छ ।

यस्तै भानु प्रताप सिंहको नेतृत्व रहेको भारतीय किसान युनियन (भानु) ले डिसेम्बर ९ मा दायर गरेको अर्को मुद्दामा सरकारले ल्याएका तीन कानूनले किसानलाई बहुराष्ट्रिय कम्पनीको जालमा फसाउने उल्लेख गरिएको छ ।

कृषि कानूनको विरोधमा विगत दुई हप्तादेखि पञ्जाब, हरियाणासहितका किसान राजधानी दिल्लीका सीमा क्षेत्रमा धर्नामा बसेका छन् ।

सरकारसँगको वार्तामा कुनै सहमति हुन सकेको छैन । किसानले तीनै कानून फिर्ता लिनुपर्ने अडान लिएका छन् भने सरकार त्यसका लागि तयार छैन । स्रोत ल् (एएनआई)

VIEWS: 940