विवादीत बनेको जग्गा कित्ताकाट फुकुवा बदर गर्ने सरकारको निर्णय

Monday, September 14th, 2020 |

 

 

काठमाडौ २९ भदौ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालै फुकुवा गरेको जग्गा कित्ताकाट सम्बन्धी निर्णय बदर भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गत भदौ १८ गते जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय गरेकि थिइन् । सर्वत्र विरोध भएपछि मन्त्रालयले उक्त निर्णयहरु बदर गरेको हो ।

मन्त्री अर्यालको उक्त निर्णय भूमिसम्बन्धी ऐन तथा नियमावली २०७४ विपरित रहेको भन्दै बदर गरिएको हो । मन्त्रालयका सहसचिव दीपकुमार पहाडीले हस्ताक्षर गर्नुभएर सार्वजनिक गरिएको निर्णयमा गत भदौ १८ गते कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी भएका निर्णयहरु बदर गरिएको छ भनेर स्पष्ट लेखिएको छ।

‘भू उपयोग नियमावली जारी नहुन्जेलसम्मका लागि जग्गाको कित्ताकाट सम्बन्धमा नेपाल सरकार मन्त्रीस्तरबाट २०७७।५।१८ गते मा कृषियोग्य जग्गाको खण्डीकरणसम्बन्धी भएका पूर्वनिर्णयहरू बदर गरिएको छ,’ निर्णयमा भनिएको छ । मन्त्रालयले यो निर्णय मात्र नभई मन्त्री अर्यालले २०७५ पुस २७ गते जारी गरेको पुरानो निर्देशन पनि बदर गरेको छ।

VIEWS: 839