जेठ – असार महिनाका कृषि कामहरु
Monday, May 31st, 2021 | krishak khabar
- खाद्यान्नः
यस वर्ष बर्षात ढिला भएकाले बारीमा मकै ढिला लगाउनु भयो होला, मकै उम्रिसकेको भए, उन्नत जातको मकै बाक्लो छर्नुभएको छ भने सुरुमा नै छाट्दा राम्रो हुन्छ । मकै छाट्दा एक वर्ग मिटरमा ५ देखी ६ बोट राख्नुहोस् । - ड्तराईमा त धान रोप्ने समय भयो, मध्ये पहाडमा धानको व्याड राख्न बिउ राख्न ढिला नर्गनुहोस् । पानी कम हुने स्थानमा कृषि अनुसन्धान परिषद ( नार्क)ले सुख्खा १, सुख्खा २ र सुख्खा ३ जातको धान अनुसन्धानबाट उन्मोचन गरेको छ । यि धानका जातहरु पनि लगाउन सकिन्छ ।
उच्च पहाडी भेगमा कोदो लगाउने हो भने व्याड राख्ने बेला भएको छ ।
तरकारी ः
पहाडमा पहाडी राजमा, तने वोडि,टाटे सिमी, केराउ,लौका, घिरौँला,गाँजर,मुला, तिते करेला, वरेला, रामतोरिया, काँक्रो आदिलाई टपड्रेसिङ गर्ने समय भयो ।
पहाडमा नै काउली, बन्दा, गोलभेँडा, भन्टा आदिको बेर्ना रोप्ने समय भयो ।
काठमाडौँ आसपासमा माघको अन्त्यतिर लागाइएको गोलभेँडा, भन्टा, भेडेखुर्सानी, काँक्रो, करेला आदि बालीमा फल टिप्ने बेला भयो । बढी उत्पादन लिनको लागि यि सबै बालिहरुको फल टिपे पछि प्रत्येक पटक प्रतिबोट १ ग्राम नाइट्रोजन युक्त मल वा एक भाग गाई वा भैँसीको मुत्रमा १ भाग पानि राखेर टप ड्रेसिङ गर्नुहोस् ।
पहाडी भेगमा वर्षे आलु लगाउनु भएको भए दोश्रो उकेरा दिने समय भयो गोडमेल गर्नुहोस् ।
स्थानिय जातको काँक्रा, फर्सी,घिरौँला, चिचिण्डाको बिउ छन् भने २४ घण्टा पानिमा भिजाएर मात्र रोप्नुहोस्
सिमरायो, वेथे, लट्टे, स्विसचार्ट साग बाह्रै महिना लगाउन सकिन्छ - फलफुलबाली ः
सुन्तला बालीमा नयाँ पालुवा सँगसँगै कत्लेकीराका बच्चाहरु पनि देखिन थाल्यो भने मट्टिीतेल र साबुनपानिको झोल बनाइ छर्ने, मेसिनको तेल कपडामा भिजाइ पुछ्ने गर्नुपर्दछ ।
केराको बगैचाको लागि गवारो नलागेको क्षेत्रबाट बेर्ना ल्याउनुहोस् । गवारो लागेको छ भने पुराना बोटहरु हटाएर नयाँ लगाउनु बेस हुन्छ ।
सुन्तला जातको विरुवामा विभिन्न सुक्ष्म तत्वको मिश्रण भएको एग्रोमिन ५ ग्राम प्रति लिटर पानिमा राखेर छर्नुहोस् । - वन तथा चरन ः
यो समयमा गोगन,टाँकी, पाटुसल्ला,फलेदा,कोइरालो,धुपी,चिउरी,टुनी,पैँयु,किम्बु भीमसेनपाती प्रजातीका विरुवाहरु संकलन गर्नुहोस् । पाखुरी,कोइरालो,पैँयु टुनी, गोगन बकाइनो , चिलाउने जातका विरुवाहरु यो महिनामा रोप्न सकिन्छ । -
बाली संरक्षण
मकैँमा खुम्रे वा फेद काट्ने किराको प्रकोप धेरै हुन्छ । बारीमा खुम्रे लागिसकेको छ भने स्थानिय प्रविधिकको सल्लाह अनुसार विषादी राख्न सकिन्छ ।
अन्नलाई आज भोलिको चर्को घाममा राम्रो सँग सुकाएर मात्र भकारी,मेटल वीन वा सुपर ग्रेन प्लास्टीक वोरामा राख्नुहोस् ।
आगामी वर्षको लागि चाहिने गहँुको बीउ राम्रो सँग सुकाएर मेटल वीन वा सुपर ग्रने व्यागमा राख्नु भयो भने बीउ सुरक्षित रुपमा रहन्छ ।तल्लो पहाडी भेग र तराई क्षेत्रमा लगाएको गोलभेँडा फुल्ने बेला भयो । फलमा गवारो वा डढुवाको आक्रमण धेरै भए डढुवा रोगको लागि डाइमेथोर्मफ वा क्लोरोथालिन विषादी र गवारोको लागि साइरोमेजिन विषादी प्राविधिकको सल्लाह अनुसार राख्नुहोस्
- बन्दा तथा काउलीमा सेतो पुतलीको लाभ्रेले आक्रमण गरेको छ भने सके सम्म हातले टिपेर मार्नुहोस् । पुतलीको फुल पातको तल्लो भागमा हुन्छ त्यस्त पातहरुलाई टिपेर नस्ट गरिदिनुहोस । यसो गर्दापनि लाभ्रेको आक्रमण रोकिएन भने प्रविधिकको सल्लाह अनुसार डाइक्रोभास विषादी प्रयोग गर्नुहोस्
ब्याडमा जमाउनु अघि भन्टा, खुर्सानी, घिरौँला, काँक्राका विउहरु बायो पेष्टीसाइडबाट उपचार गरेपछि मात्र छर्नुहोस् ।
बन्दाको बिउ छर्दा ५० डिग्री सेन्ट्रीगे्रटको तातो पानीमा आधा घण्टा डुवाएर छर्नुभयो भने पात तथा डाठ कुहिने रोगबाट बचाउन सकिन्छ । - पशुपन्क्षीपालन
आहार ः
बैशाख महिनामा घाँस पर्याप्त मात्रामा नपाइने भएकोले मिनरल मिक्स्तर अथवा मिनरल ब्लक गाई, भैँसी,भेडा बाख्रालाई खुवाई केही हद सम्म उत्पादन घाटा कम गर्न सकिन्छ ।
बर्सिम जस्ता पोषिला घाँसहरु उत्पादन गरिएको छ भने नल वा परालसँग यी घाँसहरु मिसाएर खुवाउनु राम्रो हुन्छ - गर्मी मौसममा दुधालु गाई भैसीलाई प्रशस्त पानी खुवाउने गर्नुहोस, भैँसी पाल्नु भएका किसानहरुले सकिन्छ भने दिनमा एक पटक नुहाइदिने गर्नुहोस्, उन्नत जातको गाईलाई पनि अवाश्यकता अनुसार नुहाइदिँदा राम्रो हुन्छ
रोग ः
भ्यागुते तथा चरचरे रोग फैलिने समय पनि बैशाख जेठ तिर नै भएकोले रोगबारे सतर्क रहनुहोस् र खोपको व्यवस्था मिलाउनुहोस् ।
ड्ड कुखरा तथा बङ्गुरको खोर सधैँ सफा राख्नुहोस्, कुनै कुखुरा वा वङ्गुर बिरामी भए त्यसलाई खोरबाट अगग्गै स्थानमा राख्नुहोस् । यसो गर्दा वर्डफ्यु र स्वायनफ्यु रोगबाट नियन्त्रण गर्न सकिन्छ ।
खोरमा जाँदा बाहिरको चप्पल लगाएर नजानुहोस्, । -
हेरचाह ः
तल्लो पहाडी भेग र तराई क्षेत्रमा गाईहरु अब बाली जाने बेला भयो । ती गाईहरुलाई नजिकको उन्नत जातको बहरसँग बाली लगाउनुहोस् वा स्थानिय भेटनरी डाक्टरबाट कृत्रिम गर्भाधान गराई घरमा नै वर्णसंकर जातका गाई उत्पादन गर्नुहोस् ।
गर्मी मौसममा दुधालु गाई भैसीलाई प्रशस्त पानी खुवाउने गर्नुहोस, भैँसी पाल्नु भएका किसानहरुले सकिन्छ भने दिनमा एक पटक नुहाइदिने गर्नुहोस्, उन्नत जातको गाईलाई पनि अवाश्यकता अनुसार नुहाइदिँदा राम्रो हुन्छ
स्रोत ः प्राविधिक सल्लाह र कृषि डायरी २०७८
ताजा खबर
अर्थतन्त्रमा कृषि,बन र मस्यको योगदान सबैभन्दा धेरै
Wednesday, May 1st, 2024
दुई युवाले शुरु गरे दाङमा रहरलाग्दो स्ट्रबेरी फार्म
Friday, January 26th, 2024
मत्य दिवसको अवसरमा फेवातालमा १२ हजार माछाभुरा छोडियो
Wednesday, November 22nd, 2023
म्याग्दीमा झाडी फाँडेर सामूहिक सुन्तला खेती हुदै
Monday, October 30th, 2023
बाग्लुङका किसान दुध बेचेर करोडौ भित्र¥याउँछन्
Tuesday, September 26th, 2023
गण्डकी छैन माछाभुरामा आत्मनिर्भर
Monday, September 11th, 2023
भदौमा पाक्न थाल्यो सुन्तला !
Monday, August 21st, 2023
उत्पादित आलुले बजार पाएन
Thursday, August 10th, 2023
भारत निर्यात हुनथाले सँगै गोलभेँडको मुल्य अकाशियो
Tuesday, August 8th, 2023
लम्पी स्किनविरुद्ध पाँच हजार पाँच सय डोज खोप
Wednesday, August 2nd, 2023