लुगामा आगो सल्किँदा महिला गम्भिर घाईते

Monday, February 3rd, 2020 |

२० माघ, दोलखा । दोलखा बैत्यश्वर गाउँपालिकाकी एक महिला आगोमा जलेर गम्भिर घाईते भएकी छिन् । बेत्यश्वर गाउँपालिका वडा नम्बर ५ नेवार पधेराकी ६० वर्षिया जेष्ठ नागरिक मन्जरी घिमिरे घाईते भएकी हुन् ।

सोमवार विहान १० बजेको समयमा बाख्रालाई खोले पकाउने क्रममा उनको साडीमा अचानक आगो लागेको थियो । आगो लागेर घिमिरेको दुबै हातखुट्टा र पेट समेत जलेको प्रहरीले जनाएको छ ।

आगो सल्केर घाईते घिमिरेलाई स्थानीयले उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार पछि काठमाण्डौँ रिफर गरिएको छ ।

VIEWS: 765