गौबध गरेको अभियोगमा जिरीका युवक पक्राउ

Sunday, February 2nd, 2020 |

१९ माघ, दोलखा । गौबध गरेको अभियोगमा दोलखा जिरी नगरपालिकाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिरी नगरपालिका वडा नम्बर ३ काप्साका २४ वर्षीय पासाङ शेर्पा पक्राउ परेका हुन् ।

मासु खाने प्रयोजनका लागि गोरु काटेको सुचनाका आधारमा घटनास्थल पुगी उनलाई प्रमाण सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका शेर्पालाई जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रुक्सा बज्राचार्यले जानकारी दिइन् ।

VIEWS: 298

ताजा खबर