गाँजा बिक्रिवितरण गरेको अभियोगमा विगु गाउँपालिकामा बृद्धा पक्राउ

Sunday, December 1st, 2019 |

१५ मंसिर, दोलखा । अवैध लागु औषध गाँजा कारोवार गरेको अभियोगमा दोलखा विगु गाउँपालिकाकी एक बृद्धा महिलालाई प्रहरीले पक्राउ गरेको छ । विगु गाउँपालिका वडा नम्बर ३ थापागाउँकी ६७ बर्षिया भिम कुमारी थापा पक्राउ परेकी हुन् ।

आफ्नो गोठघरमा गाँजा लुकाई छिपाई विक्रिवितरण गर्ने गरेको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय र्सिगटीबाट खटिई गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीले उनको घर र गोठ खनतलास गर्ने क्रममा २ किलोग्राम बरावरको गाँजा समेत बरामद गरिएको जनाएको छ ।

पक्राउ परेकी थापालाई आईतवारै दोलखा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी, प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।

VIEWS: 576