तामाकोशी आयोजनाको कठिन मानिएको पेनस्टक जडानमा उल्लेख्य प्रगति

Saturday, October 19th, 2019 |

१ कात्तिक, दोलखा। माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँकी रहेको निर्माण कार्यले तिव्रता पाएको छ । पछिल्लो पटक संशोधित कार्यतालिका अनुसार आयोजना निर्माण कार्य सम्पन्न गर्नेगरी निर्माण कार्य अघि बढेको हो । हाल आयोजनाको सवै भन्दा कठिन मानिएको तल्लो ठाडो सुरुङको काम भैरहेको छ ।

आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार शुक्रबावरसम्म १ सय मिटर पेनस्टक पाईप जडान कार्य सम्पन्न भएको छ । ३ सय ७३ मिटरको तल्लो ठाडो सुरुङमा ५ मिटर लम्वाई र २७ टन वजनका पाईपहरु राख्नुपर्नेमा २० वटा पाईप जडान गरी १ सय मिटर पेनस्टक पाईप जडान कार्य शुक्रवार सम्पन्न भएको हो ।

तल्लो ठाडो सुरुङ र माथिल्लोमा गत असारबाट पेनस्टक पाइप जडान सुरु गरिएको थियो । तल्लो ठाडो सुरुङ ३ सय ७२ मीटर लामो रहेको छ भने माथिल्लो ठाडो सुरुङ ३ सय १० मिटर लामो छ ।

आयोजनाको निर्माण आव २०७५।७६को पुस महिनाभित्र निर्माण सक्नेगरी नयाँ एकीकृत समय तालिकाका तय गरिएपनि भारतीय ठेकेदार कम्पनीको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भयो । आयोजनाबाट आगामी चैतभित्र परीक्षण उत्पादन सुरु गर्ने तयारी छ ।

VIEWS: 615