फोनिज दोलखाका अध्यक्ष जिरेल सम्मानित

Sunday, September 29th, 2019 |

११ असाेज, दोलखा ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेल सहकारी पुरस्कारबाट सम्मानित भएका छन । सहकारी क्षेत्रमा उत्कृष्ट कलम चलाएको भन्दै जनमुखी बचत तथा ऋण सहकारी संस्थाले आफनो साधारण सभाको अवसरमा जिरेललाई नगद पुरस्कार सहित सम्मान गरेको हो ।

जनमुखी सहकारीको २२ औ साधारण सभाको आवसरमा दोलखाको वैत्येश्वर गाउँपालिका ५ मैनापोखरीमा आयोजित कार्यक्रमकाबीच उनलाई प्रमुख अतिथि जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले नगद पुरस्कार र कदर पत्र प्रदान गरे ।

फोनिज दोलखाका अध्यक्ष रहेका जिरेल राष्ट्रीय समचार समिति दोलखाका संबाद्दाता र दर्पण संचार मिडियाका अध्यक्ष हुन ।

साधरण सभामा सस्थाका सह–सचिब राजन केसीले सञ्चालक समितिको प्रतिवेदन, कोषाध्यक्ष लक्ष्मण चौलागाईले हाल संस्थाको कुलपुजी ७६ करोड १९ लाख ६६ हजार ८ सय २९ रुपैया, शेयर ७ करोड ९७ लाख ५ हजार ५ सय रुपैया, बचत ५३ करोड ५२ लाख ३७ हजार ८ सय १० रुपैया, खुद नाफा २ करोड ६२ लाख ३१ हजार २ सय ९७ रुपैया बराबरको संस्थाको वित्तिय प्रतिबेदन प्रस्तुत गरे ।

संस्थाले बार्षिक साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारी, जेष्ठ सदस्य, असल ऋणी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट शेयर खरिदकर्ता, उत्कृष्ट व्यवसायी, लगायतका विधामा आफ्ना शेयर सदस्यहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाई, जिल्ला बचत संघका अध्यक्ष जिवसराज खड्का, जनसचेतन साकोसका अध्यक्ष भिम प्रसाद दहाल, नेकपा वैतेश्वरका अध्यक्ष माधव प्रसाद दहाल, वैतेश्वर ७ का वडा अध्यक्ष रेशमराजस्वराज रिमाल, हनुमन्तेश्वर माविका प्र।अ गोपालध्वज श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । हाल संस्थामा १६ हजार ५ सय ८० जना शेयर सदस्य रहेका छन ।

VIEWS: 487