गौरीशंकर गाउँपालिकामा पुन पहिरो, ४ घरपरिवार विस्थापित

Thursday, August 22nd, 2019 |

५ भदौ, दोलखा । दोलखा गौरीशंकर गाउँपालिकामा अविरल बर्षासँगै पुन पहिरो जाँदा ४ घर परिवार पुर्ण रुपमा विस्थापित भएका छन् । बिहिवार विहान पहिरोले गौरीशंकर गाउँपालिका वडा नम्वर ७ मार्वु देविथान स्थित ढलक बहादुर मगरको घर पुर्ण रुपमा क्षतिग्रस्त भएको हो ।
भुकम्पपछि पुर्ननिर्माण गरिएको मगरको दुई कोठे घर पुर्ण रुपमा क्षतिग्रस्त हुँदा ३ लाख ६२ हजार रुपैयाँ बरावरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै सोही स्थानका सुरेन्द्र मगर, घुन बहादुर मगर र तिर्थ बहादुर मगरको घर समेत पहिरोका कारण उच्च जोखिममा परेको छ ।
पहिरोबाट विस्थापित परिवारको ईलाका प्रहरी कार्यालय गौरीशंकरबाट खटि गएको टोलीले विहानै उद्धार गरी सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव निरीक्षक सेते तामाङले जानकारी दिए ।

यसअघि गौरीशंकर गाउँपालिकाकै वडा नम्वर १, २, ३, ४, ६, ७ र ८ नम्बर वडामा पनि पहिरोका कारण दर्जनौ परिवार विस्थापित भैसकेका छन् ।

VIEWS: 463