दोलखाली समाज युएइ द्वारा दुई मृगौला पिडित र एक HV रोगिलाई आर्थिक सहयोग

Sunday, July 14th, 2019 |

आषाढ,२९-दोलखा


साझाबोली सम्बाददाता-दोलखाली समाज युएइ द्वारा दोलखाका दुई जना दुबै मृगौला फेल भएका मृगौला पिडित र एक जन्मजातै HV रोगबाट ग्रसित गरि तीन जना बिरामी लाई ४० हजार आर्थिक सहयोग गरेको छ।
दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नम्बर ८ बोच स्थायी घर भएका हाल काठमाण्डौ नैकाप मा बसिरहेका बलराम बिश्वकर्मा लाई रु २० हजार आर्थिक सहयोग गरिएको छ। उहाँको दुबै मृगौला फेल भएका कारण अहिलेसम्म १३ पटक डाइलोसिस गरिसकेको अबस्था रहेको छ। आर्थिक अभावका कारण समयमा नै उपचार गर्न नसकेका बलराम भन्नुहुन्छ, बिदेशमा रहेर पनि आफ्नो तलबबाट केही रकम मेरो उपचार को लागि सहयोग गरेको देख्दा आफू निकै नै भाग्यमानी ठानेको छु।

त्यस्तै दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नम्बर १ सुस्पा स्थायी घर भएका हाल स्वयम्भू मा बसिरहेका सुजन थामीलाइ रु १० हजार आर्थिक सहयोग गरिएको छ। उहाँको दुबै मृगौला फेल भएका कारण अहिलेसम्म १४ पटक डाइलोसिस गरिसकेको अबस्थ रहेको छ। अत्यन्तै बिपन्न परिवार का थामी ऋण गरेर बिदेश गएको ८ महिनामा नै स्वदेश फर्किएका छ्न। नेपाल बाट मेडिकल फिट भएर आफ्नो परिवार र आफ्नो जिबनस्तर उकास्न गएको म यसरी फर्किनु पर्दा नेपाल मा मेडिकल गरेर पास गराइ पठाउने प्रती दुखित भएको बताउछन। यसरी मेरो स्वास्थ्यको लागि उपचार गर्न बिदेशमा रहेका साथिहरु बिशेषत दोलखाली समाज युएइ प्रती आभारी रहेको खुसी ब्यक्त गर्दछन।


यसै गरि गौरीशंकर गाउँपालिका वडा नम्बर ४ झ्याकु स्थायी निबासी हाल चाबहिल मा बसिरहेका बिनोद कार्की लाई रु १० हजार आर्थिक सहयोग गरिएको छ। उनको जन्मजातै HV रोग भएको र नेपाल मा उपचार सम्भावना नभएको कारण उनलाई थप उपचारको लागि भारत पठाउन पर्ने अबस्था रहेको थियो यसरी दोलखाली समाज युएइले मेरो उपचारको लागि अभियान चलाएको मा खुसी भएको अनुभव ब्यक्त गर्दछन।

यसरी यी तिनै जना बिरामिलाई थप उपचारको लागि दोलखाली समाज युएइ बाट संकलन गरिएको रकम हस्तान्तरण गर्न समाजका निवर्तमान उपाध्यक्ष टन्कनाथ गुराँगाई र निवर्तमान सचिब नितेश कुमार थामी उहाँहरु काठमाण्डौ को विभिन्न ठाउँ मा बस्नु भएको ठाउँमा पुग्नु भएको थियो।

VIEWS: 534