खेलकुद परिषद सदस्य सचिवमा पहिलो पटक महिलाको दाबेदारी

Thursday, June 20th, 2019 |

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवका लागि पहिलो पटक सत्तारुढ नेकपाकी युवा महिला मिना श्रेष्ठले दाबेदारी गरेकी छन् ।

यहि साता सदस्य सचिव केशव विष्टको कार्यकाल सकिनासाथ सरकारले नयाँ नियुक्ति गर्नेछ । जसमा श्रेष्ठले दाबी गरेकी हुन् ।

श्रेष्ठले सदस्यसचिवमा नियुक्त भएको खण्डमा के–के काम गर्ने भनी कार्यपत्र समेत तयार पारेकी छन् । उनको नाममा प्रधानमन्त्री केपी शर्मा ओली, खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मादेखि नेकपाका अन्य नेता पनि सकारात्मक देखिएका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठ उम्मेदवार रहेको खण्डमा समर्थन रहने र पूर्वमाओवादीबाट कसैले पनि दाबी नगर्ने बचन दिएका छन् ।

श्रेष्ठ प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा स्वकीय सचिवालयमा कार्यरत थिइन् भने ओलीले तत्कालिन एमालेको युथ फोर्स गठन गर्दा केन्द्रीय डेक्स्समा रहेर काम गरेकी थिइन् ।

VIEWS: 484