नेपाल थामी विद्यार्थी संघ दोलखाको प्रथम सम्मेलन सम्पन्न

Monday, April 8th, 2019 |

अनु थामी,
काठमाण्डौ


चैत्र २३ गते दोलखा जिल्लामा आयोजित प्रथम सम्मेलनबाट जानकी थामीको अध्यक्षतामा १७ सदस्यीय कार्य समितीको गठन भएको छ ।कार्यक्रममा नेपाल थामी समाज केन्द्रिय अध्यक्ष सुखवीर थामी, केन्द्रिय महासचिव लक्ष्मण थामी, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ त्रिभुवन विश्वविद्यालयका समन्वय समितीका अध्यक्ष अशोक राई, नेपाल थामी विद्यार्थी संघका केन्द्रिय अध्यक्ष सपना थामी लगायत विभिन्न जिल्लाका थामी नेताद्धयहरुको सहभागिता रहेको थियो ।

 

सम्मेलनमा नेपाल थामी समाज दोलखा का अध्यक्ष हरिश कुमार थामी (नितेश) ले जिल्ला मा मात्र नभएर प्रत्येक विदयालय क्याम्पसहरुमा पनि नेपाल थामी बिधार्थी संघ गठन गरि विदयार्थीको हक हित र अधिकारलाई सुनिस्चित गर्न नेपाल थामी विदयार्थी संघ जिल्ला शाखा दोलखा अग्रसर रहनु पर्ने र यसको सहयोगको लागि नेपाल थामी समाज दोलखा हरदम तयार रहने प्रतिवद्धता जनाएका थिए ।

सम्मेलन लगत्तै नवगठित कार्य समितीले पत्रकार सम्मेलन गरेर संस्थाको विभिन्न लक्ष्य, उद्धेश्य र एजेन्डा बारे प्रकास पारेको छ । जसमा, विशेष त थामी विद्यार्थीहरुको हकअधिकारलाई सुनिश्चित गर्ने विषयमा साझा रुपमा अगाडी बढ्ने उद्धेश्य थामी विद्यार्थी संघको रहेको अध्यक्ष जानकी थामीले बताएकि छिन् ।

    

यसै गरि नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघले माग गर्दै आएका विभिन्न विषयहरु जस्तै त्रैभाषिक शिक्षा निति, स्ववियू पछनडी निर्वाचन पूर्ण समावेशी र समानुपातिक प्रणाली लागु गरिनुपर्ने र थामी समुदाय तथा थामी विद्यार्थीहरुको पहिचान, स्वायत्ता र आत्मअधिकारको रक्षा यस संस्था प्रतिबद्ध भएर अगाडि बढ्ने भनाई अध्यक्ष थामीको रहेको छ ।

कार्यक्रममा भिमेश्वर नगरपालिका, कालिन्चोक गाउपालिका, विगु गाउपालिका लगायत विभिन्न क्षेत्रका थामी विद्यार्थी तथा कलाकारहरुको प्रतिभाहरुको पनि बेजोड प्रस्तुती रहेको थियो ।

VIEWS: 948