जलयात्रा बिकासको मुल सम्बाहक,अध्यक्ष बिन कुमार थामी

Tuesday, March 19th, 2019 |

चैत्र,४–दोलखा


दोलखाको सलसल बग्ने तामाकोशी नदी स्थित उत्तरको मुख्य ब्यापारिक केन्द्र सिंगटी बजार नजिकबाट शुरु गरिएको जलयात्राको परिक्षण सफल भएको छ । कालिन्चोक गाउँपालिकाले नदी क्षेत्रबाट पर्यटनको विकास गर्ने उदेश्यले सुरु गरेको जलयात्रा (¥याफ्टिंग)को परिक्षण सफल भएको छ ।

अध्यक्ष बिनकुमार थामीले प्रशस्तै स्रोत र साधन हुँदाहुँदै पनि त्यसको पहिचान गर्न नसकेको जनाउदै जलयात्रा लाई गाउपालिकाको मुख्य पर्यटन क्षेत्रको रुपमा विकास गरिने बताएका छन् । गाउँपालिकाले सिंगटी बजार देखि भिमेश्वर नगरपालिकाको नागदहसम्मको कोसीमा जलयात्राको परिक्षण गर्दा सफल भएको कुरा अध्यक्षले जानकारी दिए । उनले पहिलो चरणमा सिंगटी देखि नागदहसम्म (३ घण्टा) सञ्चालन गर्ने र त्यसपछि क्रमश अघि बढाउने तयारी भएको जानकारी दिए ।

कालिञ्चोक गाउँपालिकाले जलयात्राको सम्भाब्यता अध्ययनका लागि भिमेश्वर ट्राभल नामक कम्पनलिाई दिएको थियो । कम्पनीले जलयात्रा सम्बन्धि जानकारहरुको उपस्थितीमा सम्भाब्यता अध्ययन गरेको हो । परिक्षणमा संलग्न जलयातायात व्यवसायीहरुले नदीको भाग समतल रहेकोले सञ्चालन गर्न उपयुक्त हुने सुझाब दिइसकेको गाउँपालिकाले जनाएको छ । अध्यक्ष थामीले परिक्षण गर्ने कम्पनीले विस्तृत प्रतिबेदन गाउँपालिकालाई दिएपश्चात व्यवसायीक तरिकाले तामाकोसी नदीमा जलयातायात सञ्चालन हुने जनाएका छन् ।

दोलखा भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई कालिञ्चोक मन्दिरको सुन्दर मनमोहक दृश्य संगैँ, दोलखा भिमेश्वर मन्दिरको दर्शन सँगै दोलखा को मुख्य ब्यापारिक केन्द्र सिंगटी बजारको अवलोकन गराउने संगै त्यहाँबाट (¥याफ्टिंग) जलयात्राको मज्जा दिलाउदै दोलखाको, सदरमुकाम चरिकोट फर्काउदा समग्र दोलखाको पर्यटन क्षेत्रको विकास हुने सरोकारवालाहरु बताउछन् । (¥याफ्टिंग) परिक्षणको उद्घाटन गर्दै प्रतिनिधि सभाका सांसद एबं नेकपाका केन्द्रिय सदस्य पार्बत गुरुङले समृद्ध दोलखा निर्माणको महत्वपुर्ण क्षेत्र पर्यटन भएको भन्दै जलयातायातले पर्यटन विकासमा ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

VIEWS: 666