क्षत्रवती मा.वि.को दशैँ तिहार उपहार कार्यक्रम सम्पन्न ।

Wednesday, October 10th, 2018 |

असोज,२४, दोलखा


क्षत्रवती मा.वि. दोलखाले विद्यार्थी अभिभावक र शिक्षकको त्रीपक्ष्ािय सम्वन्धमा मजवुत वनाउने उद्धेश्यका साथ आज शुभकामना आदानप्रदान तथा दशैँ तिहार उपहार कार्यक्रम सम्पन्न गरेको छ ।

प्रदेश सभा सदस्य माननीय संसद विशाल खड्का को प्रमुख अतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पहिलो उपहारको लागी गाग्रीमा राखिएको बल निकालेर उदघाटन गर्दै क्षत्रवती मा. वि. आउदा जहिले पनि गर्भ लाग्छ भन्दै शुभ–शिक्षक अभिभावक संघ का अध्यक्ष राजेन्द्र श्रेष्ठ को सभापतित्वमा सम्पण भएको उक्क्त कार्यक्रममा ने.क.पा दोलखाका सचिवालय सदस्य विश्वास कार्की ले शुभकामना मन्र्तव्य दिनुभएको थियो ।
विगत लामो समय देखि विद्यालयको हरेक क्षत्रमा सहयोग गर्दै आउनु भएको सहयोगी सुब्वा श्रेष्ठले आगामी दिनमा विद्यालयमा प्राविधिक क्षेत्रलाई पनि अघि बढाउने कार्य सहयोग गर्ने प्रतिवद्धता सहित शुभकामना मन्र्तव्य व्यक्त गरेका थिए ।

     
प्रथम पुरस्कार ३० हजार बरावरको खसी वा नगत १ जनालाई द्धितिय पुरस्कार २७ हजार बरावरको खसी वा नगत १ जनालाई, तृतिय पुरस्कार १५ हजार बरावरको खसी वा नगत १ जनालाई, चौथो पुरस्कार रु १००० को रिर्चाज कार्ड १० जनालाई र सान्तव्ना पुरस्कार ५०० को रिर्चाज २० जनालाई वितरण गर्ने गरि सार्वजनिक गरिएको उक्त कार्यक्रममा धर्मशाला आधारभुत विद्यालय प्र.अ डम्वर ब. खड्का, पूर्व विद्यार्थी पुस्कर अधिकारी, नितेश कुमार थामी तथा वैतेश्वर – ८ वडाध्यक्ष रमेश अधिकारी पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सम्पन्न गराउन कहत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने अभिभावक पूर्ण विद्यार्थी, राजनिति दल, समाजसेविहरु, सञ्चारकर्मीहरु एवम आ–आफ्नो ठाउँमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरु लाई विद्यालयका प्र.अ. पदम जिरेलले धन्यवाद ज्ञापन गरेका छन ।

VIEWS: 1341