हिमपातपछि दोलखा खरिढुंगाको सौन्दर्यता यस्तो देखियो (फोटोफिचर)

Wednesday, January 24th, 2018 |

१० माघ, दोलखा । मौसममा आएको बदलीसँगै दोलखाको माथिल्लो भेगमा व्यापक हिपात भएको छ । जिल्लाको कालिञ्चोक, खरिढुंगा, शैलुंग, रोल्वालिंग, च्यार्दुङ लगाएतका क्षेत्रमा बाक्लो हिमपात भएसँगै जनजिवन प्रभावित भएको छ । बाक्लो हिमपातका कारण कतिपय स्थानका सर्बसाधरण घर वाहिर निस्कन पाएका छैनन् भने माथिल्लो भेगका स्कुलहरु दिउँसै विदा दिईएको छ ।

दुई फिट भन्दा बढि हिउँ जम्दा सर्वसाधरण दैनिक काममा निस्कन सकेका छैनन् । यो वर्ष पहिलो पटक हिमपात भएका कारण हिउँसँग रमाउन आन्तरिक पर्यटकहरु भेला हुन थालेका छन् । पर्यटकिय जिल्ला दोलखामा हिमपातसँगै पर्यटकको व्यापक आवागमन हुने गर्दछ ।

himpat-sajhaboli
himpat-sajhaboli

himpat 2-sajhaboli
himpat 2-sajhaboli

तस्विर ः केदार शिवाकोटी र अशोक शिवाकोटीको फेसवुकबाट ।

VIEWS: 940