दोलखालाई केन्द्रविन्दु बनाएर ५.२ म्याग्नेच्युडको भुकम्प

Friday, December 8th, 2017 |

२२ मंसिर, काठमाडौं । दोलखालाई केन्द्रविन्दु बनाएर शुक्रवार विहान भूकम्पको धक्का महसुस भएको छ ।

शुक्रबार विहान ८ बजेर ३६ मिनेटमा ५.२ म्याग्नेच्युडको भुकम्प गएको हो । शुक्रवार गएको भुकम्प पनि २०७२ सालकै भुकम्पको पराकम्प रहेको राष्टिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

दोलखा केन्द्रविन्दु भएर गएको पराकम्पको धक्का आसपासका जिल्ला सहित राजधानीसम्म महसुस गरिएको थियो ।

VIEWS: 506