चितवनमा लगाइएको धानबालीमा अधिक मात्रामा जिंकको कमि देखियो

Friday, August 16th, 2024 |

 

 

चितवन ३१ साउन
जिल्लाको रत्ननगर, खैरहनी एवं भरतपुर महानगरपालिकामा लगाइएको धानखेतीमा अधिकाश ठाउँमा जिंक खाद्यतत्वको कमि हुने समस्या देखिएको छ ।
कृषि कार्यालय चितवनका अधिकृत स्वस्तिका चौहानका अनुसार रत्ननगर र खैरहनीमा लगाइएको धानमा खाद्यतत्व ९जिङ्क०को कमी धेरै मात्रमा देखिएको हो । यो समस्याले गाँज होचो हुने, बोट मर्ने र रोपेको ठाउँ बाँझो हुने समस्या देखिएको उनले जानकारी दिईन् । यसलाई रोक्नका लागि चिलेटेड जिङ्क जुन विरुवाको पातबाट छिट्टै विरुवाले लिन सक्छ सो गुण भएको जिंक प्रयोग गर्न उनले कृषकलाई सुझाव दिएकाछन् । यो स्प्रे गर्दा प्रतिलिटर पानीमा एक ग्राम प्रयोग गरेर गर्न सकिने अधिकृत चौहानले बताए ।
उनका अनुसार सो क्षेत्रको धानमा एमोनियम सल्फेक्टको प्रयोग बढी भएको देखिएको छ । पूर्वी चितवनमा गरिएको अवलोकनका क्रममा तीन प्रतिशत धानमा सल्फर टक्सीसिटी देखा परेको उनले बताईन् ।यो समस्या वर्षात्सँगै समाधान हुँदै जाने उनले बताईन् । धानबालीमा भन्दा पनि अन्य बालिमा यसको प्रयोग गरेको र सो को असर अहिले देखिएको अधिकृत चौहानले बताए । उनले भने, “एमोनियम सल्फेक्टको प्रयोग कम गर्दै लैजानुपर्ने र आत्तिनुपर्ने अवस्था छैन ।”
भरतपुर महानगरपालिका क्षेत्रमा लगाइएको धानमा पोटासको खाद्यतत्वको कमी र गवारो देखिएको छ । उनका अनुसार कार्यालयमा दैनिक चारदेखि पाँच वटासम्म समस्या आउने गरेको र ती सबै पोटासको कमी र गवारोको समस्या रहेका छन् । उनले भने, “पोटासको कमीका कारण जरा राम्रोसँग विकास नहुने, पात डढ्नेलगायतका समस्या देखापर्ने गरेको छ ।” धान रोपेको एक महिनामा नै समस्या देखिन थालेपछि उत्पादनमा कमी आउने आकलन कार्यालयले गरेको छ । अहिले समस्या देखिएका उन्नत जातका बीउ ९हाइब्रिड० लगाइएको स्थानमा भएको चौहानले जानकारी दिईन् ।
जिल्लामा खेतीयोग्य जमिन ४६ हजार ४९४ हेक्टर क्षेत्रफल रहेको र २४ हजार २४७ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यसमध्ये अहिले शतप्रतिशत रोपाइँ सकिएको उनले जानकारी दिए ।

VIEWS: 31