भारतबाट आयात हुने तरकारीको विषादी परिक्षण गर्ने मापदण्ड अझै पास भएन !

Wednesday, March 1st, 2023 |

 

काठमाडौँ १७ फाल्गुन

सरकारले भारतबाट आयात हुने तरकारीमा विषादी परीक्षण गर्ने प्रस्ताव मन्त्रीपरिषदबाट पास गर्न रोकेको छ । भारतबाट नेपाल भित्रिने तरकारी परीक्षण गर्दा ‘जीवनाशक विषादीको अवशेष’ भेटिने संभवाना धेरै भएको र नाकामै तरकारी रोकिने अवस्था आउने भएकाले सरकारले यो मापदण्ड लागू गर्न अस्वीकार गरेको बताइएको छ ।

कृषि मन्त्रालयका एक अधिकारीका अनुसार करिब ५ महिनाअघि तरकारीको मापदण्डसहितको प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको थियो तर ‘भारतसँगको आपसी सम्बन्ध बिग्रने’ बाहाना बनाउदै फाइल कृषि मन्त्रालयमा नै फर्काइएको छ ।
तरकारीमा विषादी परीक्षण गर्दा भारतसँगको व्यापारिक सम्बन्धमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको बताइन्छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अन्न तथा तरकारी परीक्षणको मापदण्ड तोक्ने र त्यहीअनुसार भन्सार बिन्दुमा परीक्षण गर्ने प्रस्ताव तयार पारेको थियो । तर खाद्यान्न, दलहन तथा त्यसबाट बनेका पदार्थको गुणस्तरसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भई राजपत्रमा प्रकाशित भइसकेको छ भए पनि तरकारीको गुणस्तरसम्बन्धी मापदण्ड राजपत्रमा प्रकाशन नभएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अनुसार तरकारी, फलफूल तथा अन्य बालीमा करिब ३० समूहका विषादी प्रयोग हुने गरेका छन् ।

लगत्तै सामाजिक सञ्जालमा यस विषयमा चर्चा सुरु भएको छ । दण्ड गुरुङले देशका किसानलाई प्रोत्साहन नगरेर अन्य देशलाई सहज बाटो बनाएको भन्दै सरकारप्रति कटाक्ष गरेका छन् । यस्तै रमेश बज्राचार्यले लेखेका छन्, ुतरकारीको नाममा जनतालाई विषादी सेवन गराइरहेछ सरकार १ु सरकारको यस कदमले आम नागरिकको स्वास्थ्यप्रति सरकार गैरजिम्मेवार रहेको देखिन्छ ।

VIEWS: 55

ताजा खबर