बारीमा जाउ बजार छैन भन्दै, तरकारी फाल्न बाध्य किसान !

Friday, February 3rd, 2023 |

 

चितवन २० माघ

लागत भन्दा पनि ज्यादै कम बजार मूल्य भएपछि चितवनका किसानले सडकमै तरकारी फालेर विरोध जनाएका छन् । किसान संघर्ष समिति चितवनको आयोजनामा नारायणगढ पुलचोकमा किसानहरूले आन्दोलन गरेका हुन् ।

राज्यले किसानको मर्का राम्रोसँग नबुझेकाले आफूहरू आन्दोलनमा उत्रिनुपरेको किसानहरूले बताएका छन्
राज्यले बिचौलियाहरूको अन्त्य गर्नुपर्ने किसानले माग गरेका छन् । किसानहरूले ‘बारीमा जाऊँ कि, खाडीमा जाऊँ सरकार रु स्वदेशी उत्पादनलाई प्रोत्साहन दिऔँ, अबको निकास वैज्ञानिक कृषिको विकास’लगायतका नारा लेखिएका पम्पलेट बोकेर प्रदर्शन गरेका छन् ।

VIEWS: 82