म्यादी प्रहरी बन्ने चाहना छ ? दोलखामा भर्ना खुल्यो

असोज ३० सम्म आवेदन दिन सकिने

Tuesday, October 10th, 2017 |

२४ असोज । दोलखा । आसन्न प्रदेशसभा र केन्द्रिय प्रतिनिधी सभाको निर्वाचनलाई लक्षित गरी जिल्ला प्रहरी कार्यालय दोलखाले म्यादी प्रहरीमा भर्ना खुलाएको छ । निर्वाचन सुरक्षाका लागि प्रहरी जनशक्ति अपुग भएपछि दोलखा प्रहरीले मंगलबार (आजदेखि) लागु हुनेगरी भर्ना आव्हान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दोलखाले मंगलबार जारी गरेको सुचना अनुसार म्यादी प्रहरी बन्न चाहने योग्य नागरिकहरुले यहि असोज ३० गतेसम्म दरखास्त दिन सक्नेछन् । थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालय दोलखाको बेभसाईट र नम्वरमा सम्पर्क गर्न सकिने दोलखा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपुर्ण रुपमा सम्पन्न गराउन म्यादी प्रहरी जनशक्तिका लागि भर्ना आव्हान गरिएको जानकारी दिए । दोलखामा यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा पनि म्यादी प्रहरी भर्ना गरिएको थियो ।

VIEWS: 304