दोलखाको बोचमा छोराले गरे आफ्नै आमाको हत्या
Sunday, October 8th, 2017 | krishak khabar
२२ असोज । दोलखा । दोलखाको भिमेश्वर नगरपालिका ८ बोचमा एक युवकले आफ्नै आमाको हत्या गरेका छन् । भिनपा ८ मोहरटोल निवासि ३५ वर्षिय कुमार बस्नेतले आमा खड्गमाया बस्नेतको हत्या गरेका हुन् ।
उनले बारीमा घाँस काटिरहेको अवस्थामा दाउराले टाउकोमा प्रहार गरी आमाको हत्या गरेको दोलखा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दाउरा प्रहारबाट टाउकोमा गम्भिर चोट लागेपछि खड्गमायाको घट्नास्थलमै मृत्यु भएको थियो । घट्नाको कारण खुल्न नसकेको र अनुसन्धानका लागि कुमार बस्नेतलाई नियन्त्रणमा लिईएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
ताजा खबर
किसानलाई गाउँपालिकाद्धारा दुहुनो भैँसी वितरण
Monday, May 29th, 2023
एउटै गाउँबाट २ करोडको तरकारी निकासी
Sunday, May 7th, 2023
कृषि उत्पादनमा जापानी प्रविधि सहितको तालिम
Friday, May 5th, 2023
दाङबाट जडीबुटी निकासीमा कमी
Monday, April 24th, 2023
अण्डाले मुल्यपाउन थाल्यो
Tuesday, April 18th, 2023
परम्परागत प्रविधि लोप हुदै
Wednesday, April 12th, 2023
गहुँ थ्रेसिङ महँगो हुँदा किसानलाई समस्या
Monday, April 10th, 2023
रैथाने बाली खरिद गदै गाउँपालिका
Friday, March 31st, 2023
मालारानीका किसान मौरीपालनमा आत्मनिर्भर बन्दै
Wednesday, March 29th, 2023
आँपको फूलमा मधुवा रोग लागेपछि किसान चिन्तित
Monday, March 27th, 2023