दोलखामा माओवादी केन्द्र १ दर्जन, एमाले ३ दर्जन र काग्रेसका ४ दर्जन बढि उम्मेदवार सिफारिस
कसको सम्भावना बढि ?
आसन्न प्रदेशसभा र केन्द्रिय प्रतिनिधी सभा निर्वाचनका लागि दोलखाका राजनितिक दलहरुको उम्मेदवार छनौट प्रक्रिया औपचारिकतामै टुंगिएको छ । धेरै आकांक्षीहरुको ब्यवस्थापन जिल्लामा सम्भव नभएपछि टिकटको टुंगो लगाउने जिम्मा अब केन्द्रकै हातमा पुगेको छ ।
नेकपा एमालेले करिव ३ दर्जन र नेपाली काग्रेसले ४ दर्जन बढि जम्बो नामावली केन्द्रमा सिफारिस गर्ने निर्णय गरेका छन् भने नेकपा माओवादी केन्द्रले पनि एक दर्जनको हाराहारीमा आकांक्षीहरुको नाम केन्द्रमा सिफारिस गरेको छ । दोलखामा एक केन्द्रिय प्रतिनिधी सभा (संघ) र प्रदेशसभाको दुई निर्वाचन क्षेत्र गरी ३ सहित केही समानुपातिक उम्मेदवार छनौट गर्नुपर्नेमा दर्जनौँ नेताहरुको नाम सिफारिस भएको हो ।
माओवादी केन्द्रले संघ र प्रदेशसभाका लागि एक एक जनाको नाम टुंगो लगाउन सफल भएपनि समानुपातिक तर्फको सुची ठुलै छ । जिल्लाबाट चुस्त नाम सिफारिस गर्नुपर्ने आवाज उठेपनि विवाद र निर्वाचनमा अन्तरघात हुनसक्ने समस्याका कारण आवश्यकता अनुसार उम्मेदवारहरुको सुची सिफारिस गर्न राजनितिक दलहरु चुकेका हुन् ।
टिकट पाउन नेताहरुको दौडधुप सुरु
जिल्लाबाट नाम सिफारिस भएपछि टिकट प्राप्तिका लागि नेताहरुको दौडधुप अव पार्टी मुख्यालय तर्फ सुरु भएको छ । टिकट सुनिश्चित गर्न नेताहरु विगतदेखिनै प्रयासमा रहेपनि अव आफ्नो सम्पुर्ण स्रोत, शक्ति र पहुँचको प्रयोग गर्दैछन् । टिकटका लागि पार्टी केन्द्रको विश्वास जित्नुपर्ने र आशिर्वाद लिनुपर्ने नेपाली राजनितिको पुरानै अभ्यास हो । टिकट लिएर चुनावी दौडाहमा लाग्न आकांक्षी नेताहरुले अहिलेदेखिनै पार्टी नेतृत्व र प्रभावशाली नेताहरुमाथी दवाव बढाउन थालेको स्रोतले बतायो । स्रोतका अनुसार केही नेताहरु टिकटका लागि लिखित, सामुहिक रुपमा दवाव दिने तयारीमा छन् ।
कसको सम्भावना बढि ?
स्थानीय तहको निर्वाचनमा पहिलो दल बनेको नेकपा एमालेले दोलखाबाट प्रत्यक्ष र समानुपातिक गरी झण्डै तीन दर्जन नेताको नाम सिफारिस गर्ने निर्णय गरेको छ । केन्द्रिय प्रतिनिधी सभा (संघ) मा पोलिट व्युरो सदस्य पशुपति चौँलागार्ई, पुर्व मन्त्री आनन्द प्रसाद पोखरेल र सांसद पार्वत गुरुङ बलियो दावेदार रहेपनि धर्मेन्द्र मोक्तान र दिव्यध्वज कार्कीपनि आकांक्षी थपिएका छन् ।
तीमध्ये पार्टीको पदिय जिम्मेवारीको हिसावले पोलिट व्युरो सदस्य पशुपति चौलागाईले स्वत टिकट पाउनुपर्ने हो । तर पोखरेल र गुरुङ पनि केन्द्रमा त्यत्तिकै प्रभाव राख्नसक्ने र संस्थापन पक्षका नेता भएका कारण चौलागाईलाई टिकट लिन चुनौती छ । संस्थापन पक्षको विश्वास जित्नसके चौलागाईले टिकट ल्याउन सक्छन् । पोखरेल र गुरुङ दुबै जना पार्टी अध्यक्ष ओली निकटका नेता हुन् । तर संघमा दुबैले आकांक्षा देखाएका कारण कसले टिकट पाउला भन्नेमा पुर्वानुमान गर्न गाह्रो छ ।
तर पोखरेलले मन्त्रीको अवसर प्राप्त गरिसकेका कारण उनलाई पार्टीको महत्वपुर्ण जिम्मेवारीमा व्यवस्थापन गरी पार्टी केन्द्रले गुरुङलाई टिकट दिनसक्ने एकथरी एमाले नेता कार्यकर्ताको अनुमान छ । यद्यपी पोखरेल केन्द्रिय प्रतिनिधी सभाको सदस्य बन्ने पहिलो पटक आएको अबसर सजिलै नछाड्ने मनस्थितिमा छन् ।
प्रदेश सभा अन्तर्गत १ नम्वर क्षेत्रमा प्रदेश ३ संगठन कमिटीका संयोजक श्यामकुमार बस्नेत, पूर्व सचिव बशन्तराज कार्की, जिल्ला सचिवालय सदस्य बाबुकाजी कार्की, भीम दाहाल र गोपाल न्यौपानेको नाम सिफारिश भएपनि केन्द्रिय अनुशासन आयोगका सदस्य शिव प्रसाद भण्डारीको सम्भावना छ । माओवादी केन्द्रसँगको तालमेलका कारण एमालेले १ नम्वर क्षेत्र गुमाउनुपर्ने अवस्था नआए भण्डारीले टिकट पाउनसक्छन् ।
२ नम्वर क्षेत्रमा पुर्व जिविस सभापति लालकुमार केसि र केन्द्रिय उद्योग विभागका सदस्य वालकृष्ण शिवाकोटी मुख्य प्रतिस्पर्धी हुन् । पार्टी अध्यक्ष ओलीको किचन क्याविनेट सदस्य भएका कारण शिवाकोटीले टिकट पाउने बलियो सम्भावना छ । केसिले दाबी नछाडेपनि निकटस्थहरुसँग छाड्नसक्ने संकेत गरेको स्रोतको भनाई छ । माओवादी केन्द्रसँगको तालमेलमा एमालेले २ नम्वर क्षेत्र लिए शिवाकोटी टिकट लिनसक्ने बढि सम्भावना भएका नेता हुन् ।
यसैगरी नेपाली काग्रेस दोलखाले संघको निर्वाचनका लागि ६ जना नेताहरु क्रमशः पुर्व सभाषद जिपछिरिङ लामा, जिल्ला पार्टी सभापति रुद्र बहादुर खड्का, पुर्वहरु सभापति तारा बहादुर कोईराला, देवी प्रसाद न्यौपाने, उद्धवराज काफ्ले र विद्यार्थी नेता कुन्दनराज काफ्लेको नाम सिफारिस गरेको छ । उनीहरुमध्ये काग्रेसभित्र लामा, खड्का, कोईराला र काफ्ले वलियो दावेदार मानिन्छन् । त्यसमा पनि देउवा निकट भएका कारण लामाले टिकट पाउने धेरै काग्रेस नेता कार्यकर्ताको बुझाई छ । तर बाँकी ३ जना नेताहरुपनि केन्द्रमा राम्रो पहुँच भएका कारण संघको टिकट ल्याउनसक्ने सम्भावना भएका नेताहरु हुन् ।
प्रदेशसभा तर्फ क्षेत्र नम्वर १ तर्फ दिपक तामाङ पाख्रिन, वर्मा लामा, राजु उप्रेती र श्यामप्रसाद उप्रेतीको सिफारिस भएपनि लामाले टिकट पाउने काग्रेस नेता कार्यकताको आँकलन छ । २ नम्वर क्षेत्रमा १७ जना नेताहरुको नाम सिफारिस गरिएको छ । त्यसमा ईश्वर नारायण मानन्धनर, सन्तोष पाण्डे, केशव चौलागाई, राकेश श्रेष्ठ, जयराम श्रेष्ठको बढि चर्चा छ । मानन्धर स्थानीय तहको निर्वाचनमा भिमेश्वर नगरपालिकावाट लडेका नेता हुन् । स्थानीय तह चुनावको अनुभव र बरिष्ठताका आधारमा प्रदेशसभामा पनि उनले टिकट पाउने सम्भावना छ ।
नेकपा माओवादी केन्द्रले भने संघमा नेतृ देवी खड्का, १ नम्वर क्षेत्रमा युवा नेता विशाल खड्का र २ नम्वर क्षेत्रमा नरबहादुर पाख्रिनलाई सर्वसम्म उम्मेदवार बनाईसकेको छ । उनीहरुले केन्द्रबाट टिकट लिनुपर्ने अवस्था नरहेपनि एमालेसँग तालमेलपछि संघ या प्रदेशमा पाउने टिकट सुरक्षित गर्न लवि सुरु गरेका छन् ।
यस्ता छन् सिफारिस भएका उम्मेदवारहरु ः
नेकपा एमाले केन्द्रिय प्रतिनिधीसभातर्फ
पशुपति चौलागाई, पोलिटव्युरो सदस्य
पार्वत गुरुङ, केन्द्रीय सदस्य तथा दोलखा इञ्चार्ज,
आनन्द प्रसाद पोखरेल, पूर्वमन्त्री
धर्मेन्द्र मोक्तान
दिब्यध्वज कार्की
प्रतिनिधिसभा समानुपातिकतर्फ
इश्वरी रिजाल,
रचना खडका,
गणेश बस्नेत,
शान्ति पाख्रिन
पासाङ शेर्पा
प्रदेश सभातर्फ क्षेत्र नं १ प्रत्यक्षतर्फ ः
शिवप्रसाद भण्डारी,
श्यामकुमार बस्नेत,
बशन्तराज कार्की,
बाबुकाजी कार्की,
भीम दाहाल
गोपाल न्यौपाने
समानुपातिकतर्फ
सरस्वती बस्नेत,
मित्र जिरेल,
हर्कमान पाख्रिन,
शान्तिकुमारी तामाङ,
रोजकुमारी चौलागाँई,
उर्मिला सुनुवार
प्रदेश २ मा प्रत्यक्षतर्फ
लालकुमार केसी,
बालकृष्ण शिवाकोटी,
भुवन केसी,
दिनेश शिवाकोटी
गुणबहादुर बुढाथोकी
समानुपातिकतर्फ
ठुला थामी,
धनबहादुर तामाङ,
थीरबहादुर मोक्तान,
घणश्याम रिजाल,
कमला ओली,
भवानी कार्की
टेकबहादुर घतानी
नेपाली काग्रेसका उम्मेदवारः
केन्द्रिय प्रतिनिधी सभा प्रत्यक्षतर्फ ः
जिपछिरिङ लामा पूर्व सभासद तथा पूर्व केन्द्रीय सदस्य
रुद्रबहादुर खड्का सभापति, जिल्ला कार्यसमिति
देवीप्रसाद न्यौपाने
उद्धवराज काफ्ले
ताराबहादुर कोइराला
कुन्दनराज काफ्ले
संघ अन्तर्गत समानुपातिक उम्मेदवार
वीरमान शेर्पा,
मधवमणि राजभण्डारी
शान्तकृष्ण श्रेष्ठ
प्रदेश सभा प्रत्यक्ष उम्मेदवार क्षेत्र नं १
दिपक तामाङ पाख्रिन
वर्मा लामा
राजु उप्रेती
श्यामप्रसाद उप्रेती
प्रदेश सभा समानुपातिक उम्मेदवार क्षेत्र नं १
अमृत जिरेल
आङपासङ शेर्पा
कृष्णगोपाल केसी
चरित्रकुमार बम्जन
तारा थपलिया
पुस्कर कुमार खड्का
विनिता अधिकारी काफ्ले
भवेन्द्र कार्की
रोचना उप्रेती
सिर्जना सुवेदी
सूर्य कामी
प्रदेश सभा प्रत्यक्ष उम्मेदवार क्षेत्र नं २
इश्वरनारायण मानन्धर
उद्धव बस्नेत
कुलराज थापा
केशवराज
गोपी शिवकोटी
चित्रबहादुर कार्की
च्याङा शेर्पा
जगत श्रेष्ठ
जयराम श्रेष्ठ
दावादोर्जे तामाङ
वैकुण्ठनारायण प्रधान
राकेश श्रेष्ठ
रामबहादुर बस्नेत
रेखबहादुर अधिकारी
सन्तोष पाण्डे
सीताराम शाही ठकुरी
हरिबहादुर श्रेष्ठ
प्रदेश सभा समानुपातिक उम्मेदवार क्षेत्र नं २
आङनिमा शेर्पा
उर्मिला कार्की
कृष्णबहादुर खड्का
गोपीलाल थामी
टेकराज शिवकोटी
तत्वकृष्ण श्रेष्ठ
मोहनबहादुर रिजाल
रुपा श्रेष्ठ
रोदना घिमिरे
सिंहबहादुर ताामाङ
नेकपा माओवादी केन्द्र
केन्द्रिय प्रतिनिधी सभातर्फ
देवी खड्का, पुर्व राज्यमन्त्री
प्रदेशसभा क्षेत्र नम्वर १ तर्फ
विशाल खड्का, जिल्ला सह ईन्चार्ज
प्रदेशसभा क्षेत्र नम्वर २
नर वहादुर पाख्रिन, जिल्ला सह ईन्चार्ज
समानुपाति उम्मेदवारहरु संघतर्फ
कृष्ण भुजेल
रिता रिमाल,
नविन जिरेल
भिमवहादुर श्रेष्ठ
प्रदेश सभा क्षेत्र नम्बर १ तर्फ
हिमाली गोले,
छिरिङ शेर्पा,
डिएन शेर्पा,
तेजवहादुर गोले,
तक्त जिरेल
कृष्णमाया कार्की
क्षेत्र नम्बर २ तर्फ
बर्जुराम घतानी,
सोम तामाङ,
लक्ष्मी थामी
जितकुमार मोक्तान