करेन्ट लागेर दोलखामा एकको मृत्यु, तामाकोसिको सामान बोकेको ट्रक पनि दुर्घट्ना

Tuesday, September 26th, 2017 |

१० असोज । दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकामा करेन्ट लागेर एक एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीशंकर गाउँपालिका वडा नम्वर १ घट्टे निवासि ४५ वर्षिय हुप बहादुर खत्री रहेका छन् ।

करेन्ट लागेर गम्भिर घाईते भएका खत्रीलाई थप उपचारका लागि सदरमुकाम चरिकोट ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको हो । विग्रिएको ट्रान्सफर्मरको ठाउँमा नयाँ ट्रान्सफर्मर राख्न विजुलीको पोल माथी चढाउन जाँदा पोलबाट भुईमा प्रबाह भएको करेन्टले घट्ना भएको हो ।

करेन्ट लागेर अन्य ५ जना घाईते भएका छन् । घाईते ईन्द्र बहादुर जिरेल, गणेश बहादुर जिरेल, कृति जिरेल, बोल खत्री र बिर बहादुर खत्रीको स्थानी स्वास्थ्य संस्थामा उपचार भएको र उनीहरुको अबस्था सामान्य रहेको दोलखा प्रहरीले जनाएको छ । घट्ना लगत्तै ईलाका प्रहरी कार्यालय मैनापोखरीबाट खटि गएको प्रहरी टोली र स्थानीयले उनीहरुको उद्धार गरेको थियो ।

यता माथिल्लो तामाकोसि जलविद्युत आयोजनाको सामान बोकेको ट्रक दुर्घट्ना भएको छ । कालिञ्चोक गाउँपालिका ७ को सिसागोलाईमा भएको दुर्घट्नामा ट्रक क्षतिग्रस्त भएको छ । यद्यपी दुर्घट्नामा कुनै मानविय क्षति भएको छैन ।

VIEWS: 324