विभिन्न मुद्धाका ७३ जना फरार प्रतिबादी दोलखा प्रहरीको नियन्त्रणमा

Monday, September 25th, 2017 |

९ असोज । दोलखा । दोलखा प्रहरीले एक महिनाको अबधीमा अदालतबाट सजाय पाएर फरार रहेका ६ दर्जन बढि प्रतिवादीहरु पक्राउ गरेको छ ।

गत भदौ ७ देखि यहि असोज ७ गतेसम्म एक महिनाको अबधीमा प्रहरीले विभिन्न प्रकृतिका ७३ जना प्रतिवादीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यसबीचमा कर्तब्य ज्यान मुद्धामा २० बर्ष कैद र लागु औषध मुद्धामा १५ बर्ष कैद र ५ लाख जरिवाना कैद सजाय तोकिएका फरार प्रतिबादीहरुलाई पक्राउ गर्न पनि दोलखा प्रहरी सफल भएको छ ।

लागु औषध (खैरो हिरोईन) का कारोवारी भिनपा ५ का कैलाश बस्नेतलाई प्रहरीले केही दिन अघि मात्रै पक्राउ गरी अदालत बुझाएको हो । ती बाहेक फौजदारी र देवानी मुद्धा समेतमा फैसला भई फरार रहेका बिभिन्न मुद्धाका प्रतिवादीहरु पक्राउ परेको दोलखा प्रहरीले जनाएको छ ।

उनीहरु सबैलाई कैद तथा जरिवानी भुक्तानको लागि दोलखा जिल्ला अदालत पेश गरिएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए । दोलखा प्रहरीले पछिल्लो समय अपराध नियन्त्रणका लागि विशेष अप्रेसन अभियान चलाईरहेको छ ।

VIEWS: 247