बुद्ध लामा पहिलो नेपाल आईडल

Saturday, September 23rd, 2017 |

काठमाडौं— पोखराका बुद्ध लामा पहिलो नेपाल आइडल बन्न सफल भएका छन् । कतारमा गएराती सम्पन्न ग्राण्ड फिनालेमा लामाले तीन प्रतियोगीमध्ये सबैभन्दा बढी भोट पाएर पहिलो नेपाल आइडल जितेका हुन् ।

आईडल बनेसँगै बुद्धले महिन्द्राको कारका साथै २० लाख नगद हात पारेका छन् । त्यस्तै नेपाल आइडलको फस्ट रनरअप निशान भट्टराई बने भने सेकेण्ड रनरअप प्रताप दास घोषित भए । निशानले रु १५ लाख नगद र प्रतापले रु १० लाख प्राप्त गरे ।

VIEWS: 210